१२ असार २०७९, आइतवार

पर्वत काङ्ग्रेसमा कसले मार्ला बाजि ?

 नेपाली कांग्रेसको १४ औँ महाधिवेशन शुरुभए संगै चुनावी सरगर्मी बढ्न थालेको छ । यहि भदौ १८ गते देखि शुरु भएको महाधिवेशनमा धेरै वडातहका अधिवेशन समपन्न भइसकेका छन् भने केही वडामा भने बाकी नै छ । यता महाधिवेशन शुरु भए संगै पालिका, क्षेत्रीय र जिल्ला तहमा नेतृत्व गर्ने आकांक्षी नेताहरुको दौडधुप पनि बढिरहेको छ । जिल्लाको नेतृत्वमा नवराज गुरुङ, रामकृष्ण मल्ल आदि देखिएका छन् ।

यस्तै जिल्लाको क्षेत्र नं. २ प्रदेश (ख) को सभापति बन्ने दौडमा अहिले नेपाली कांग्रेस क्षेत्र नं. २ का नेताहरु लागि रहेका छन् । पर्वत क्षेत्र नं. २ प्रदेश (ख) को सभापतिका आकांक्षीहरु मध्यका बलिया उम्मेदवार महाशिला गाउँपालिकाका युवा नेता कृष्ण प्रसाद शर्मा देखिएका छन् । हाल उनी क्षेत्रीय सदस्य हुन् । उनले युवा नै नेतृत्वमा आनुपर्ने कार्यकर्ताको चाहना अनुसार आफु सभापतिको उम्मेदवार बन्ने मनस्थिति बनाएको बताएका छन् । त्यसैशर्माले आफुलाई आम कार्यकर्ता र जिल्लाका नेताहरुको पनि साथ सहयोग भएकाले आफु साभापति हुनेमा विश्वसत रहेको सुनाए । उनले आफु युवा भएकाले आफ्नो उर्जाशिल समय पार्टीका लागि खर्चिने र आम कार्यकर्ताको भावना अनुसार काम गर्ने बताएका छन् ।

यस्तै क्षेत्रीय सभापतिका आकांक्षीहरुका रुपमा विहादी गाउँपालिकाका हरि न्यौपाने, महाशिला गाउँपालिकाकै तारा राना लगायत रहेका छन् । नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशन असोज १५ गते हुदै छ ।

Leave a Reply

Your email address will not be published.