१५ चैत २०७९, बुधवार

पालिकामा खमबीरको बर्चश्वः पार्टी सभापतिमा पुनः खमबीरकै सम्भावना !


देशभर यतिबेला पुरानो दल नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरुलाई चुनाव लागेको छ । काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरु आफ्नो नेतृत्व चयन गरेर पार्टीलाई सक्रिय राजनीतिमा होम्न चाहान्छन् । नेतृत्वमा पुग्न जसको पनि चाहना हुन्छ नै तर चाहनाले मात्र नेतृत्वमा पुग्न भने अवस्य सकिँदैन । त्यसका लागि नेतृत्वमा कार्यमा क्षमता, दक्षता, निष्पक्षता र सरलता जस्ता गुणहरुले सम्पन्न हुन आवस्यक छ । १४औँ महाधिवेशन अन्तरगत देशभरका जिल्लाभित्रका वाडहरुको नेतृत्व चयन पश्चात नगरपालिका र गाउँपालिकाहरुको अधिवेशन पनि भरखर मात्र सकिएको छ । 

म्याग्दी जिल्लामा रहेका पाँच गाउँपालिका र एक नगरपालिकाले पनि नेतृत्व चयन गरेको छ । जसमा धौलागिरी, मङ्गला, मालिका र रघुगंगामा सर्वसम्वत् नेतृत्व चयन गरिएको छ भने एकमात्र नगरपालिका रहेको बेनी नगरपालिका र अन्नपूणर् गाउँपालिकामा चुनाव मार्फत नेतृत्व चयन गरिएको हो । धवलागिरी गाउँपालिकामा प्रेम पुन, मालिकामा खिमबहादुर पुन, मङ्गलामा नरसिंह केसी र रघुगंगामा मनकुमार शेरपुजा सर्वसम्वत् सभापतिमा चयन भएका छन् भने अन्नपूणर् गाउँपालिकामा बलहादुर पुन र कृष्णबहादुर बरुवालबीच सभापति पदमा चुनाव भएको थियो । जसमा एक मतको अन्तरले बलहादुर पुन विजयी भएका थिए । विजयी पुनलाई वर्तमान पार्टी अध्यक्ष खमबीर गर्वुजाको साथ रहेको थियो भने पराजित कृष्णबहादुर बरुवाललाई निवर्तमान सभापति रेशम बानियाँको साथ रहेको थियो । त्यसैगरि बेनी नगरपालिकामा युवा नेता विक्रम बोगटी र रवि कार्कीबीच प्यानल नै बनाएर रोचक चुनावी भिडन्त भएको थियो जसमा रवि कार्की विजयी भएका थिए ।

बेनी नगरपालिकाका सभापति रवि कार्कीधवलागिरी गाउँपालिकामा प्रेम पुन, मालिकामा खिमबहादुर पुन, मंगलामा नरसिंह केसी, रघुगंगामा मनकुमार शेरपुजा र अन्नपूणर्मा बलहादुर पुन वर्तमान पार्टी सभापति खमबीर गर्बुजा समर्थक मानिन्छन् भने मङ्गलामा नरसिंह केसी मात्र निवर्तमान सभापति रेशम बानियाँ निकट मानिन्छन् । म्याग्दीको वर्तमान सभापति खमबीर गर्बुजा देउवा निकट मानिन्छन् भने पूर्व पार्टी सभापति रेशम बहादुर बानियाँ पौडेल निकट मानिन्छन् । जिल्ला सभापति पदका लागि वर्तमान सभापति खमबीर गर्बुजा र पूर्व पार्टी सभापति रेशम बहादुर बानियाँ प्यानल बनाएर चुनावी मैदानमा उत्रिने सम्भावना देखिन्छ । पार्टी सभापतिमा वर्तमान सभापति खमबीर गर्बुजा नै दोहोरीने नेपाली काङ्ग्रेसका शुभचिन्तकहरु बताउन थालेका छन् ।

बुलबुल साप्ताहिक समाचारपत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *