१५ चैत २०७९, बुधवार

प्रदीप पौडेल पनि महामन्त्री !

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पार्टीको १४औँ महाधिवेशनमा महामन्त्रीमा उठ्ने भएका छन् ।

उम्मेदवारीको औपचारिक घोषणा भने केही दिनमै गर्ने उनको भनाइ छ । क्रियाशील सदस्यताको विवाद सम्पूर्ण रूपमा समाधान गरेर औपचारिक घोषणा गर्ने उनको भनाइ छ ।
यसअघि गगन कुमार थापाले महामन्त्रीमा लड्ने घोषणा गरिसकेका छन् भने विश्वप्रकाश शर्माले पनि लड्ने तयारी गरेका छन् । यद्यपि उनले केही दिनमै उम्मेद्वारी घोषणा गर्ने भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *