१७ चैत २०७९, शुक्रवार

फलेवास नगरपालिकामा सापकोटा विजयी !

पर्वतको फलेवास नगरपालिकाको नेपाली काङ्ग्रेसको सभापतिमा हिरामणी सापकोटा निर्वाचित भएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत आइतबार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी थमनसिंह थापालाई पराजित गर्दै उहाँ विजयी भएका हुन् । सापकोटाले १ सय ४१ मत ल्याएभने भने सभापतिका अर्का उम्मेद्वार थापाले ७६ मत ल्याएका थिए । सभापतिमा ४ जनाको उम्मेद्वारी दर्ता भएपनि अन्तिम समयमा थमनसिंह थापालाई ख्यामबहादुर क्षेत्री र बसन्त कुमार श्रेष्ठले समर्थन गरेर आफ्नो उम्मेदवारी फिर्ता गराएका थि नवनिर्वाचित सापकोटा फलेवास नगरपालिका खानीगाउँ अर्मना निवासी हुन् । उनी अघिल्लो कार्यसमितिमा पनि सभापति थिए । त्यसैगरी उपसभापति पदमा नन्दलाल शर्मा र ओमप्रसाद गौडेल विजयी भएका छन् । शर्मा र गौडेलले क्रमश : १ सय २२ र १ सय ३ मत प्राप्त गरेका थिए । उपसभापतिमा ५ जनाको उम्मेदवारी रहेको थियो । जसमा कुलबहादुर कँडेल, कृष्ण प्रसाद पौडेल र नारायणदत्त रखाल रहेका थिए । सचिवमा धनबहादुर थापा र चित्र प्रसाद शर्मा विजयी भएका छन् । उनीहरुले क्रमशः १ सय ३८ र १ सय १५ मत ल्याएका थिए। सचिव पदमा पनि ५ जनाको उम्मेदवारी दर्ता भएको थियो । जसमा टेकबहादुर पाठक, दिपक कुँबर र शालिकराम कुँबर रहेका थिए । अन्य सहसचिव र सदस्य पदमा शनिबार नै सर्वसम्मत चयन भएको थियो । अन्तिम समय सम्म पनि चुनाव नगरी उम्मेदवारहरुले समझदारी लैजाने भन्दै गर्दा निर्वाचन मण्डलले ३ पटक स निर्वाचनको समय थप गर्नु परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *