५ चैत २०७९, आइतवार

बागलुङका ७ जना जनप्रतिनिधिले रोजे नेकपा (एकीकृत समाजवादी)


नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजनपछि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल रोज्न दिएको समय मंगलबार सकिएको छ । विभाजनपछि बागलुङका एमालेका ७ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका छन् ।
नेकपा एमालेबाट निर्वाचित ४ जना जनप्रतिनिधिले सोमबार र ३ जना जनप्रतिनिधिले मंगलबार जिल्ला निर्वाचन कार्यालय बागलुङमा पुगेर नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ओमनारायण ढुंगानाले बताउनुभयो ।
नेकपा एकीकृत समाजवादीमा बागलुङ नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष जीवन आचार्य, बागलुङ नगरपालिकाकी कार्यपालिका सदस्य सिता थापा, ढोरपाटन नगरपालिका–९ का वडाअध्यक्ष हरि घर्ति र ढोरपाटन नगरपालिका–९का वडासदस्य यामु कामीले सोमबार निर्वाचन कार्यालय बागलुङमा पुगेर सनाखत गरेका थिए ।
यस्तै मंगलबार काठेखोला गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष याम बहादुर श्रीस, जैमिनी नगरपालिका कार्यपालिका सदस्य बलबहादुर नेपाली र बागलुङ नगरपालिका वडा नम्बर २ का वडासदस्य सुरज बोसेलले सनाखत गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *