१६ चैत २०७९, बिहिवार

बिश्वकै लामो दावी गरिएको पुलको नाम ‘गण्डकी सुनौलो झुला’ !

 विश्वकै लामो दावी गरिदै आएको बागलुङ र पर्वत जोड्ने ५६७ मिटर लामो झोलुङ्गे पुलको नामाकरण गरिएको छ । मंगलबार बसेको कार्यपालिका बैठकले पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’ राख्ने निर्णय गरेको हो ।पुलको संरक्षणकर्ताको रुपमा रहेको बागलुङ नगरपालिकाले पुलका माध्यमबाट पर्यटन बढाउनका लागि पुलको नामाकरण गरेको हो ।
पुलको उद्घाटन पछि छ महिना अघि पुलको नामाकरणका लागि आवेदन माग गरेको थियो । पुलको उत्कृष्ट नाम छनोटमा पर्नेलाई २५ हजार रुपैयाँ राशीको पुरस्कार समेत घोषण गरेको बागलुङ नगरपालिकाले पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’ नेपालीमा ‘गण्डकी सुनौलो झुला’ नामाकरण गरेको बागलुङ नगरपालिका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।


पुलका लागि धेरैले नाम सिफारिस गरे पनि नगरपालिकाको कार्यपालिकामा उत्कृष्ट १० नाम सिफारिस गरेकोमा ‘गण्डकी गोल्डेन ब्रिज’ नाम स्विकृत भएको छ । उक्त पुलको नामाकरण सिफारिस गर्ने व्यक्तिको नाम भने नगरपालिकाले आधिकारिक रुपमा सार्वजनिक गरेको छैन । यद्यपि, उक्त नाम बानपा- ५, मालिकाका निजामती सेवामा सक्रिय घनाश्याम सापकोटाले पेश गर्नुभएको थियो ।
यो नाम बानपा ५ मालिकाका निजामती सेवामा सक्रिय घनाश्याम सापकोटाले पेश गरेका थिए । पुल नामाकरण गर्ने सापकोटालाई २५ हजार पुरस्कार समेत प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *