२४ जेठ २०८०, बुधवार

बुहारीहरुले ख्वाए वृद्धवृद्धाहरुलाई दर !

मेची-महाकाली बुहारी संयुक्त आवाज रूपन्देही शाखाले दोस्रो स्थापना दिवसको अवसरमा आश्रमका वृद्धवृद्धाहरुलाई सम्मान तथा तीजको दर खुवाएर मनाएको छ । मेची-महाकाली बुहारी संयुक्त आवाजले कोरोनाको विषम परिस्थितिलाई मध्यनजर गर्दै शनिबार बुटवल उपमहानगर- २ मा स्थित शिव कुमारी शैजु वृद्ध आश्रममा वृद्धवृद्धालाई तीजको दर खुवाएको हो ।

सो अवसरमा लुम्बिनी प्रदेश संयोजक लता खड्काले आधुनिक संस्कृतिको नाममा तीजमा विकृति बढ्दै गएको बताउँदै संस्कृति संरक्षणमा सबैको प्रयास आवश्यक रहेको बताईन् । उनले आगामी दिनहरुमा अन्य रचनात्मक कार्यक्रमलाई समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।

संस्थाका सहसचिव ईश्वरी पन्त बस्यालको सञ्चालन रहेको उक्त कार्यक्रममा आश्रमका जेष्ठ वृद्ध निमानन्द पन्थको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेश संयोजक लता खड्काको अध्यक्षताता, सह-कोषाध्यक्ष सरला नेपालको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रमको संयोजकत्व संस्थाका उपाध्यक्ष बिन्दु थापा केसीले गरेकी थिईन् ।

सो कार्यक्रममा कोषाध्यक्ष इन्दु भुषाल, सदस्य सिर्जना न्यौपाने, अमृता बस्याल, लक्ष्मी पाण्डे, मञ्जु भट्टराई लगाएतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *