२३ जेठ २०८०, मंगलबार

बेनी नगरपालिकाको सभापतिमा कार्की विजयी !

नेपाली काँग्रेस बेनी नगरपालिकाको सभापतिमा रबिन्द्र ‘रबी ’ कार्की विजयी भएका छन् । आइतबार भएको निर्वाचनमा सभापति पदमा कार्की निर्वाचित भएका हुन् । सभापतिका उम्मेदवार विक्रम बोगटीलाई पराजित गर्दै कार्की विजयी भएका हुन् ।

कार्कीले ७६ मत ल्याउनु भयो भने बोगटीले ६८ मत ल्याए । मतदान अधिकृत केशवराज रेग्मीका अनुसार नगर कार्यसमितिको उपसभापतिमा हरिप्रसाद पौडेल ७३, गंगाबहादुर खत्रि ७२ सचिवमा ज्ञानेन्द्र श्रेष्ठ ८१, झलक जिसिले ६७ स्यानिमाया कार्कि ८१,शान्ति शर्मा ७५ मत प्रााप्त गरेर विजयी भएका छन् । त्यसैगरी सभापति कार्कीले सबैसंगको सहकार्यमा पार्टीलाई थप एकताबद्ध , गतिशील र बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *