मलेसिया गएका पर्वत अर्गाउदीका सर्वजित १६ बर्षदेखी बेपत्ता, खोजी गरिदिन परिवारको अपिल !
पर्वतको महाशिला गाउँपालिका वडा नं. १ होश्राङ्दी अर्गाउदीका सर्वजित सुनार विगत १६ बर्षदेखि परिवारबाट सम्पर्क बिहिन हुनुभएको छ । साबिकको होश्राङ्दी गाबिस वडा नं. ७ अर्गाउदीका उमाराज बिक र बिष्णुमाया बिकका साइला छोरा सर्बजित बिक बिगत १६ बर्षदेखि सम्पर्क बिहिन हुनुभएको हो ।
बि.सं.२०६२ सालमा धन कमाउने सपना बोकेर खाडी मुलुक मलेसिया गएका सर्वजित हालसम्म परिवारको सम्पर्कमा नआएपछि परिवार निकै चिन्तित भएका छन् । छोरालाई हालसम्म सबै ठाउँमा खोजतलास गर्दा पनि कुनै अत्तोपत्तो नभएपछि खोजी गरिदिन आमा विष्णुमा बिकले सबैलाई अपिल गर्नुभएको छ । राम्रो लाउने मीठो खाने सपना बोकेर धन कमाउने आशाले बिदेश गएको छोरा बेपत्ता भएपछि आफुहरु अत्यन्त पिरमा परेको उहाँले बताउनुभयो । उहाँले स्वतन्त्र पोष्टलाई भन्नुभयो “घरको आर्थिक समस्याले छोरालाई विदेश पठायौ तर १६ बर्षसम्म छोराको अत्तोपत्तो नपाउदा हामी छोराकै पिरले दिनको भोक न रातको निद भएका छौ ।” विष्णुमायाले भक्कानीदै भन्नुभयो “छोराको सक्कल आँखा वरिपरि घुम्छ, कतिबेला छोरो टुपलुक्क घर आउँछ जस्तो लाग्छ । “मलेसिया गएको ४ बर्षसम्म छोराले फोन गरिरहन्थो, त्यसपछि कुराकानी हुन छोड्यो ।”अहिले कहाँ कस्तो अवस्था छ, कुनै आपत विपत्ति परेर हो कि अथवा केही भयो कि? छोराको अवस्था थाहा पाउन नसकेपछि हामी सारै पिरमा परेका छौ ।” लामो समयसम्म पनि छोरा घर नफर्केपछि छोराको वियोगमा आमा हरेक बिहान, दिनरात रुने, मुर्छित हुने गरेको बेपत्ता सर्वजितकी भाउजू सम्झना बिकले बताउनुभयो ।
१६ बर्ष अघि काठमाडौं मेभ मेनपावरबाट मलेसिया गएका सर्वजित मलेसियाको सेलेङगर भन्ने ठाउँमा (निलेइ कम्पनी) हेन गल्वस कम्पनीमा काम गरेको सर्वजितका आफन्त बिष्णुराम बिकले बताउनुभयो । ४ बर्षसम्म सोही कम्पनीमा काम गरेको र त्यसपछि त्यहीँबाट सम्पर्क बिहिन भएको उहाँको भनाई छ ! सर्वजितलाई बिदेश पठाएको मेनपावर अहिले बन्द भएको छ । हालसम्म धेरै खोजी गर्दा पनि सर्वजितको अवस्था पत्ता नलागेको बिकले बताउनुभयो ।बिक परिवार अझैपनी छोरो घर फर्किन्छ भन्ने आशामा रहेका छन् । छोरा गएको ठाउँ मलेसिया लगायत सबैतिर खोजिदिन परिवारले आग्रह गरेका छन् । कसैले सर्बजितको अवस्थाको बारेमा जानकारी पाएमा निम्न नम्बरहरुमा सम्पर्क गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं । सम्पर्क नम्बरहरु:- सर्वजितको आमा बिष्णुमाया बिक- ९८०६१९२०७६, बिष्णुराम बिक- ९८५७६३०५७३, पत्रकार लक्ष्मण बिश्वकर्मा- ९८५७६७५१०१ कृपया यो समाचार धेरै भन्दा धेरै सेयर गरि सर्बजितको खोजी कार्यमा सहयोग गरिदिनुहोला । किनकी यो समाचार कतै सर्वजित भएको ठाउँसम्म पुगेर सम्पर्क आउनुहुन्छ कि !