१५ चैत २०७९, बुधवार

मुडिकुवामा एकीकृत समाजवादीको वार्ड समिति गठन !

असोज २, शनिबार

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को वार्ड कार्यसमिति गठन भएको छ । पर्वत जिल्लाको फलेवास नगरपालिका-४, मुडिकुवामा वालमुकुन्द घिमिरेको संयोजकत्वमा २१ सदस्यीय वार्ड कार्यसमिति गठन गरिएको हो ।


५५ जनाको उपस्थित भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पर्वतका अध्यक्ष मोतीप्रसाद पौडेलले पुरानो नेकपा एमाले पार्टीलाई पुनर्गठन गरेर नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गठन गरिएको बताउनु भयो । अध्यक्ष ओली कम्युनिस्ट आन्दोलनबाट विचलन भएपछि पार्टी पुनर्गठन गर्नुपर्ने आफूहरुको बाध्यता भएको पौडेलको भनाई थियो । “गरीब, सर्वहारा र दलितहरुको मुद्दालाई छोडेर धनतन्त्र, डनतन्त्र र गनतन्त्रहरुको वरिपरि पार्टीलाई घुमाउन खोज्नुभयो । दशकौंदेखि पार्टीमा समर्पित ब्यक्तिहरुलाई पाखा लगाएर केही एस म्यानहरुको सल्लाहमा पार्टीलाई विसर्जनबादतिर लान खोज्नु ओलीको सबैभन्दा ठूलो गल्ती भएको हो” उहाँको भनाई थियो ।

प्रदेश कमिटी सदस्य कृष्णप्रसाद लम्सालले दुईदुई पटक संसद विघटन गरेर अदालतले सच्याउँदा पनि आफ्नो गल्ती नदेख्नु केपी ओली अहम् भएको दाबी गर्नु भयो । धौलागिरी अंचलमै पहिलोपटक एकीकृत समाजवादीको वार्ड कार्यसमिति गठन गरिएको लम्सालको भनाई थियो । त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)पर्वतका जिल्ला कमिटी सदस्य डिल्लीप्रसाद पौडेलले सच्चा कम्युनिस्टहरु जम्मा हुने थलो भनेको एकीकृत समाजवादी नै भएको बताउनु भयो । जिल्ला कमिटी सदस्य तथा युवा नेता छवि गौडेलले आफू नाङ्गिएर अरुलाई छि:छि: गर्ने प्रवृति केपी ओलीमा रहेको दाबी गर्नु भयो । केही समभित्रै एकीकृत समाजवादी एमालेभन्दा ठूलो पार्टी हुने उहाँको दाबी थियो ।


कृष्णप्रसाद लम्सालको अध्यक्षता, मोतीप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन उपेन्द्र तिवारीले गर्नु भएको थियो ।

One Response

  1. पार्टी खण्डीकरण कसैको लागि पनि राम्रो होइन मूडिकुवा वासी किन हतारीनु भएको हो ! कुन्नी फेरि पनि ओलीकै नेत्रित्वमा सरकार बन्छ ।।
    ढुक्क हुनुहोस ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *