विवाह दुई व्यक्तिहरू मध्य (प्रायः एक नर र एक नारी) को सामाजिक, धार्मिक अथवा कानुनी रूपबाट एक अर्का संगै जीवन ब्यतित गर्ने सम्बन्ध हो। विवाहले दुइ परिवार बिच नया नाता सम्बन्ध जोड्ने काम गर्छ ।
नेपाल मा हरेक जाति हरेक क्षेत्र आ–आफनै तरिकाले गर्ने गरिन्छ । शास्त्रीयरूपमा आठ प्रकारका विवाहहरू वणिर्त छन्
ब्रहृम विवाह, दैव विवाह, आर्य विवाह, प्रजापत्य विवाह, आसुर विवाह, गन्धर्व विवाह, राक्षस विवाह र पैशाच विवाह यी परम्परागत विवाहलाई नेपाली समाजले मागी विवाह, भागी विवाह, चोरी विवाह, जारी विवाह, प्रेम विवाह आदि नाम दिने गरेको पाइन्छ। परम्परागतरूपमा मागी विवाहको सर्वव्यापकता थियो।
कतिपय जातजातिहरूमा चोरी विवाह र मागी विवाह पनि प्रचलित थिए। हाल सबै शिक्षित समाजमा प्रेम विवाह फस्टाउँदै गएको छ।
एक प्रकारले यो मान्य भइसकेको छ। जारी विवाहको प्रचलन हराउँदै गएको छ।
गाउँघरमा दुई-चारजना गएर सामान्य किसिमले विवाह सम्पन्न गरी केटी लिएर आउने विवाहलाई कुम्ले विवाह र निकै ठूलो तयारी गरी बाजा र जन्ती लिएर गई केटी लिएर आउने विवाहलाई वरियाती भन्ने चलन छ।