पर्वतको फलेवास नगरपालिका-७ लिमिठानामा जन्मिएका ७ बर्षिय बालक अपर्ण परियारको आवाजमा ’छुवाछुत ’ विरुद्ध चेतनामूलक गीतको भिडियो सार्वजनिक भएको छ । अन्जना डिजिटलको युट्यु मार्फत गितको भिडियो सार्वजनिक भएको हो । गीतमा गायक अर्जुन पन्त र गायिका विष्णु परियारको पनि आवाज रहेको छ । समाजमा ब्याप्त छुवाछुतलाई गीतमा समावेश गरिएको छ । गितको माध्यमबाट जातीय छुवाछूत जस्तो अपराध, कुरिती, कुसंस्कार र अन्धविश्वास अन्यका लागि जोड दिएको अन्जना डिजिटल मिडिया प्रालिका संचालक समेत रहनुभएका अर्जुन पन्तले बताउनुभएको छ । अर्जुन पन्तको शब्द तथा यम थापा मगरको संगीत गीतमा रहेको छ । सुरज राज रेग्मीको छायाँकन , विशाल लोहनीको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा , अर्जुन पन्त, अपर्ण परियार , बिकास राज पौडेल, सुजता परियार्, पबी सुनार, रितिका अमृतको अभिनय रहेको छ ।