२४ जेठ २०८०, बुधवार

२१ वर्षिय युवाको शव फेला !

पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं. १० पिपलटारीमा एक युवाको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

पिपलटारीको बाँझाखेत भन्ने ठाउँमा २१ बर्षिय सन्तोष मगरको शव आज विहान फेला परेको हो । चितवन जिल्ला भरतपुर नगरपालिका वडा न १६ आहाले घर भइ पिपलटारीमा वस्दै आएका ती युवा मजदुरी पेशा गर्दै आएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । मृतकको शव बुधवार विहान साढे साढे बजे फेला परेको प्रहरीले जनाएको छ । मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । उक्त शव पोष्टमार्टमका लागि अहिले जिल्ल अस्पताल पर्वतमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *