३ चैत २०७९, शुक्रवार

आयो दसैँ ढोलकी बजाई !

आश्विन शुक्ल प्रतिपदादेखि पूणर्िमासम्म पन्द्र दिन नेपालीहरूले धूमधामसँग मनाउने चाडलाई बडा दसैँ भनिन्छ। दसै नेपालीमात्रको सबैभन्दा प्रिय चाड हो। यो नेपालको राष्ट्रिय चाड पनि हो । दसैँ आश्विन शुक्ल प्रतिपदादेखि सुरु भई पूणर्िमासम्म १५ दिन मनाइन्छ तापनि दसैँको महत्वपूणर् दिन दशमी तिथि नै हो । यस दिनलाई विजया दशमी पनि भनिन्छ । प्रतिपदादेखि नवमीसम्मका दिनलाई नवरात्रि (नौरथा) भनिन्छ। यी नवरात्रिमा दुर्गाका नौ रूपको भिन्दाभिन्दै दिनमा पूजा गरिन्छ ।

दसैँको प्रथम दिन प्रतिपदा तिथिलाई घटस्थापना भनिन्छ । यसदिन प्रत्येक हिन्दुहरूका घरमा घटस्थापना गरी जमरा राखिन्छ । यसका लागि पवित्र नदी, खोलाबाट शुद्ध जल र बालुवा ल्याउनुपर्दछ । यसै दिनदेखि दुर्गापूजा सुरु हुन्छ । प्रतिपदादेखि भगवती दुर्गाका विभिन्न रूपको पूजा गरिन्छ । नवरात्रमा पूजा गरिने देवीहरूका बारेमा दुर्गा सप्तसतीमा यस प्रकार उल्लेख भएको छः (१) शैलपुत्री, (२) ब्रह्मचारिणी, (३) चन्द्रघण्टा, (४) कुष्माण्डा, (५) स्कन्दमाता, (६) कात्यायनी, (७) कालरात्रि, (८) महागौरी र ९) सिद्धिदात्री ।

“भगवती दुर्गाको सम्पूणर् मनोकामना पूणर् स्तोत्र, प्रकृति कवच वा मोहन कवच एक वर्ष पाठ गर्नाले सबै अभिलाषा पूणर् हुन्छन् भन्ने मान्यता रहेको छ। देवीको षोडशोपचारले पूजा गर्नुपर्दछ । सोह्र अङ्कको विशिष्टता रहेको छ, जस्तै चन्द्रमाका सोह्र कला, श्रीकृष्णका सोह्र हजार रानी, सोह्र संस्कार, सोह्र मातृका, सोह्र दान, सोह्र शृङ्गार आदि। देवी दुर्गाका पनि सोह्र निम्नलिखित नाम छन्। दुर्गा, नारायणी, ईशान, विष्णुमाया, शिवा, सती, नित्या सत्या, भगवती सर्वांणी, सर्वमङ्गला, अम्बिका, वैष्णवी, गौरी, पार्वती र सनातनी ।

नवरात्रिहरूमा पीठहरूमा गई नवदुर्गाको पूजा आराधना दर्शन गर्नाले दुर्गादेवी दाहिने अनुकूल हुने र सुखशान्ति एवं समृद्धि बढ्ने विश्वास गरिन्छ । दसैँभरि उक्त पीठहरूमा दर्शनार्थीहरूको भिड लाग्दछ। अयोध्याका राजा रामचन्द्रले यिनै नवरात्रिमा दुर्गा भवानीको पूजाआराधना गरी दसौं दिनमा लङ्काका राजा रावणमाथि विजय प्राप्त गरेका थिए। यसैको सम्झनास्वरूप दशमी वा दसैँको मुख्य दिनलाई विजया दशमी भनिएको हो ।

दसँै राष्ट्रिय चाड भएकोले यस अवसरमा विद्यालय एवं महाविद्यालयहरूमा पहिले पन्द्रदिनसम्म बिदा दिइथ्यो भने अहिले छोट्याईएको छ । सरकारी कार्यालयहरूमा सप्तमीदेखि पूणर्िमासम्म नौ दिन बिदा दिइन्छ । सप्तमीको दिनलाई फूलपाती भनिन्छ । यो फूलपाती महोत्सव राष्ट्रिय रूपमा धुमधामसँग मनाइन्छ । निजामती, जङ्गी र प्रहरीका उच्च पदस्थ कर्मचारीहरू हनुमानढोकामा भेला भई बैन्डबाजासहित बन्दुक पड्काएर बढाइँ गर्दै जमलमा गएर फूलपाती ल्याई हनुमानढोकाको दसैँघरमा भित्राउँने चलन रहेको छ । उक्त फूलपाती लिन केही दिन पहिले नै केही मानिसहरू नुवाकोटको धुनीबेसी गएर बेलको रुखलाई पूजा गरी बलि दिई बेलपत्र टिपेर ल्याउँछन् र फूलपातीको दिन रानीपोखरीमा आएर बस्दछन् । हनुमानढोकाबाट गएको जुलुसले नाचगान गर्दै डोलीमा राखेर राजकीय सम्मानका साथ सो फूलपाती हनुमानढोकाको दसैँघरमा भित्राउँने चलन रहेको छ। त्यहीँ राष्ट्रप्रमुखको समुपस्थितिमा फूलपातीको पूजा गरिन्छ । अष्टमीका दिनमा देवी महालक्ष्मीको पूजा गरेर घरघरमा खड्ग स्थापना गरिन्छ । यस दिन देवीका मन्दिरहरूमा श्रद्धाल भक्तजनहरूको घुइँचो लाग्दछ । अठार भुजा भएकी श्री देवीको आह्वान गरी घरघरमा पूजा गर्ने प्रचलन छ । काठमाडौंको तलेजु मन्दिर यसदिन सर्वसाधारणका निमित्त खुल्दछ । दिनभरि दर्शनार्थीहरूको भिड लाग्दछ । अष्टमीका दिन गाउँघरमा देवीलाई पशुबलि चढाइन्छ। अष्टमी र नवमीका बीचको रात्रिलाई कालरात्रि भनिन्छ । यसरातभरि गुप्त पूजा गरिन्छ । नवमीका दिन यस मन्दिरअगाडि सयौं राँगाको बलि दिइन्छ । तलेजु भवानीलाई देवी दुर्गाको रूपमा पूजा गर्ने परम्परा छ । भक्तपुरकी तलेजु भवानीलाई चौरासी वस्तुबाट तयार पारिएको रोटी कालरात्रिमा चढाउने परम्परा छ र त्यही रोटीको प्रसाद दशमीको दिनमा बाँड्ने गरिन्छ ।

नवमीको दिनलाई नेपाल भाषामा मोहनी भनिन्छ र यस विषयमा एउटा किंवदन्ती प्रसिद्ध छ। एकपटक दानवराज शुम्भ निशुम्म महामाया भगवतीलाई देखेर मोहित भएछन् । उनीहरूले भगवतीसँग विवाहको प्रस्ताव राखेछन् । भगवती पनि दानवको संहार गर्ने मौकाको खोजीमा थिइन् । उनले जसले युद्धमा मलाई जित्न सक्छ उसैसँग म विवाह गर्नेछु भन्ने प्रस्ताव राखिन् । ती दानवहरू देवीको रूपलावण्यबाट मोहित भएका थिए। उनीहरूले देवीको सर्त स्वीकार गरेर युद्ध गर्न अगाडि बढे। देवीले विशाल सेनाको संहार गरिन् । शुम्भ निशुम्भलाई पनि मारिन् । त्यो देखेर बाँकी रहेका दानवहरू हाँस, बोका, राँगा, कुखुराजस्ता पशुपन्छीमा प्रवेश गरे । त्यो कुरा देवीले थाहा पाएपछि ती पशुपन्छीलाई नवमीका दिनमा खोजीखोजी बलि दिन लगाइन्। त्यसैका सम्झनामा देवीलाई खुसी पार्न नवमीका दिनमा ती पशुपन्छीको बलि दिने चलन चलेको हो । महामाया भगवतीले मोहिनी रूप धारण गरी दानवहरूको संहार गरेका कारण नवमीको दिनलाई मोहनी भनिएको हो । 

मोहनी वा नवमीको दिनमा देवीका पीठहरूमा पशुबलि दिएर रगतको खोलो बगाइन्छ । अस्त्रशस्त्रहरूलाई कालीको रूपमा पूजा गरिन्छ । कुलधर्मानुसार विधिपूर्वक कुमारीको पूजा गरिन्छ । दसैँ चाडको सबैभन्दा घरघरमा महत्वपूणर् पक्ष पशुबलि हो। ठूलो सङ्ख्यामा बोका, राँगा, हाँस, कुखुरा आदिको बलि चढाइन्छ। देवी दुर्गाले राँगाका रूपमा रहेको महिषासुर नामको राक्षसलाई मारेकी हुँदा सबैभन्दा बढी राँगाको बलि चढाउने परम्परा चलेको हो । बलि चढाएका पशुपन्छीको रगत मूर्तिमा चढाइन्छ। घरमा सवारी साधन हुनेले त्यसको पूजा गरी बलि चढाउछन् । बलि चढाइएका पशुपन्छीको मासु घरमा लगी प्रसादका रूपमा खाने चलन छ ।

दशमीको दिनमा आआफ्नो घरका पूजाकोठामा श्री दुर्गा भवानीको पूजापाठ गरिन्छ । राता अक्षता र जमरा देवीलाई चढाइन्छ र त्यही अक्षता, जमरा र प्रसाद मान्यजनबाट ग्रहण गरी आशीर्वाद लिइन्छ । दसैँको टीकाको साइत सुरु भएपछि दिनभरि मान्यजनबाट टीका, जमरा प्रसाद ग्रहण गर्ने काम घरघरमा चल्दछ। दसैँको टीका आशीर्वाद थाप्न टाढाटाढाका आफन्तहरू घरमा जम्मा हुन्छन् । दसैँ नेपालीहरूको मिठो खाने, राम्रो र नयाँ लुगा लगाउने तथा वरपर रहेका आफन्तजनहरूसित भेटघाट गरी प्रेम बाड्ने चाड पनि हो । यो चाड मनाउन हरेक परिवारले आफ्नो शक्तिबमोजिमको जोहो गर्दछन् । अझ हिजोआज त आफ्नो बडप्पन र धनाढ्य देखिनुपर्ने प्रवृत्ति मानिसमा बढ्दै आएकाले मध्यम वर्गीयहरूलाई दसैँमा इज्जत जोगाउन निकै गाह्रो परेको देख्नसुन्न पाइन्छ । त्यसैले यस्तो भनाइ पनि प्रचलित छ- आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई । नेपालका धेरैजसो ठाउँमा दसैँको टीकाको कार्यक्रम सकिएपछि त्यसैदिन दसैको विसर्जन गरिन्छ भने काठमाडौं उपत्यकालगायत केही ठाउँमा पूणर्िमाको दिनसम्म टीकाको कार्यक्रम भइरहन्छ र पूणर्िमाको दिनमा मात्र दसैँको विसर्जन गरिन्छ । विजया दशमीको भोलिपल्टको एकादशीलाई गिद्दे एकादशी भन्ने चलन छ र यस दिन मासु खानुहुन्छ भनी दसँै अवधिभर मासुलाई देवीको प्रसाद सम्फेर खाने गरिन्छ । यसरी दसँै चाडले नेपाली समाजलाई बलियोसँग एकताबद्ध गरेको पाइन्छ । वर्तमानमा दसैँको अवसरमा आपसी मनोमालिन्य मेटी मैत्रीसम्बन्ध बढाएर आपसमा शुभकामना आदानप्रदान गर्ने चलन लोकप्रिय हुँदै गएको छ ।

दसैँका दिनमा हनुमानढोकामा दिनभर पूजा गरेर राति नौ-दस बजेतिर खड्ग यात्रा गरिन्छ। राजप्रतिनिधिका रुपमा खड्ग लिने व्यक्ति अगाडिगाडि र सैनिक पोषाक लगाएका व्यक्ति पछिपछि हिँड्दछन्। मध्यकालमा पनि खड्गसिद्धि (शस्त्राभ्यास) का रूपमा यो पर्व मनाइन्थ्यो। अष्टमीका दिन खड्गसिद्धिकी प्रार्थना गरी देवीको आराधना गरेर खड्गको स्थापना गर्दथे। दशमीका दिन धार्मिक रीतिअनुसार यात्रा गर्दथे । राजा जयस्थिति मल्ल र उनका भारदारहरूले समेत खड्गको स्थापना गरेको प्रसङ्ग गोपालराज वंशावलीमा परेको छ। आश्विन शुक्ल प्रतिपदादेखि पन्द्र दिनसम्म बडो घुमधामसंग एवं राष्ट्रिय रूपमा मनाइने हुनाले यस दसैँलाई बडादसैँ समेत भन्ने गरिन्छ । 

बडादसैँको अन्तिम दिन कोजाग्रत पूणर्िमाका दिन दुर्गा अनुष्ठानका सम्पूणर् सामग्री विसर्जन गरिन्छ । त्यस रातभर बत्ती बाली जाग्राम बस्ने चलन छ यो बडादसैँको अन्तिम दिन भए पनि श्री लक्ष्मीको धर्ती भ्रमणको दिनको रूपमा यसको आफ्नै महत्व छ। परापूर्वकालमा वैकुण्ठमा उराठ लागेपछि धर्ती हेर्न आएकी लक्ष्मीले सर्वत्र अन्धकार र चकमन्न देखेर कहाँ उज्यालो छ ? को जागेको छ ? भन्दै हिँड्दा एक गरिब किसानको घरमा बत्तीको उज्यालो देखेर त्यही घरमा पसिन् । लक्ष्मीले बास पाएकी हुँदा प्रसन्न भई किसानलाई धनधान्यले पूणर् पारिदिइन् । त्यही बेलादेखि यो पूणर्िमालाई कोजाग्रत पूणर्िमा भन्न थालियो र यसदिन घरमा उज्यालो पारी लक्ष्मीको स्वागत गर्न जो जाग्राम बस्छ त्यसका घरमा लक्ष्मी प्रवेश गर्छिन् र धनधान्यले पूणर् गर्दछिन् भन्ने विश्वास गरिन्छ ।

बुलबुल साप्ताहिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *