१५ चैत २०७९, बुधवार

‘उडेको आकाश डुलेको धर्ती’ नियात्रा सार्वजनिक !

साहित्यकार गीता खत्रीको नियात्रा कृति ‘उडेको आकाश डुलेको धर्ती’ सार्वजनिक भएको छ।शताब्दी पुरुष सत्यमोहन जोशीको बाहुलीबाट जोशीकै निवासमा कृति सार्वजनिक गरिएको हो।

लामो समयदेखि प्रवासमा रहेर नेपाली भाषा र साहित्यमा संलग्न साहित्यकार खत्री अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड परिषदकी सभापति पनि हुन्।

कार्यक्रममा लेखिका खत्रीले पुस्तकको रचना गर्भका कुराहरू सुनाइन् भने पुस्तकको बारेमा साहित्यकार युवराज नयाँघरेले समीक्षा गरे।यसैगरी कार्यक्रममा अनेसासका सल्लाहकार तथा निवर्तमान अध्यक्ष साहित्यकार राधेश्याम लेकाली र अनेसास बिओटी सल्लाहकार प्रा.डा. खगेन्द्र लुइटेलले लेखिका खत्रीलाई बधाईदिँदै शुभकामना मन्तब्य राखेका थिए।
अनेसास केन्द्रीय कार्य समितिको सचिव विमला ढुंगाना निरौला,अनेसास केन्द्रीय सदस्य डा. रेणुका सोलु,अनेसास पुरस्कार समिति सदस्य तथा बोष्टन च्याप्टर अध्यक्ष दीपा राई पुन, साहित्य पोस्ट अनलाइनका सम्पादक अश्विनी कोइराला,अनेसास नेपाल च्याटर उपाध्यक्षद्वय सरिता अर्याल र राजेन्द्र केसीलगायतले पनि शुभकामना मन्तव्य राखेका थिए।

अनेसास नेपाल च्याटरले आयोजना गरेको उक्त कार्यक्रम च्याप्टर अध्यक्ष सन्ध्या पहाडीको सभापतित्वमा भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *