१७ चैत २०७९, शुक्रवार

एकीकृत समाजवादी पर्वतको जिल्ला इञ्चार्जमा मोती पौडेल !


नेकपा (एकीकृत समजवादी)को पर्वत जिल्ला इन्चार्जमा मोती पौडेल चयन भएका छन् । पर्वतका इमान्दार तथा निष्ठावान कम्युनिस्ट नेता मोती पौडेलले पर्वत जिल्ला इन्चार्जकाे जिम्मेवारी पाएका हुन् ।
जिम्मेवारी वाडफाँडकाे क्रममा फलेवास नगरपालिकाका स्थानीय पौडेललाई नेकपा (एकीकृत समजवादी)को पर्वत जिल्लाको इन्चार्जको जिम्मेवारी दिएकाे हो । हाल नेकपा (एकीकृत समजवादी)को पर्वत जिल्ला अध्यक्षका रुपमा कार्यरत पौडेल नेकपा एमालेको पर्वत जिल्लाको निवर्तमान पार्टी सचिवको रुपमा लामो समय कार्यरत थिए ।
सरल जीवन बिताउन चाहने सादगी नेता पौडेल पर्वतको कम्युनिस्ट इतिहासमा धरोहरको रुपमा मान्ने गरिन्छ । सेवा नै आफ्नो लक्ष्य हो भनेर आजन्म राजनीतिमा अस्फ्नो जीवन बिताएका पौडेल लामो समय राजनीतिमा बिताएर पनि अहिलेसम्म कुनै पनि लाभको पद नलिएका नेताको रुपमा चिन्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *