१६ चैत २०७९, बिहिवार

एकीकृत समाजवादी म्याग्दीको शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न !

नेकपा एकीकृत समाजवादी म्याग्दीले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । विजया दशमी, शुभ दीपावली, छठ–२०७८ तथा नेपालसम्वत् ११४२ को उपलक्ष्यमा आज एक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान गरेको हो ।


उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सांसद तथा माओवादी केन्द्रका नेता विनोद केसीले जहिले पनि विद्रोहीहरु अग्रमोर्चामा रहने बताउनु भयो । विद्रोहीहरुकै कारण नेपालमा आमूल परिवर्तन भएको स्मरण गर्दै आफ्नो क्रान्तिकारी धारलाई बचाईराख्न सुझाव समेत दिनुभयो । माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य टेकबहादुर बिकले ओलिको दम्भकै दुई तिहाईको आफ्नो सरकार विपक्षी बेंचमा पुगेको बताउनु भयो । नेपाली काङ्ग्रेस म्याग्दीका सह सचिव भरत रखालले एकीकृत समाजवादीमा युवाहरु अग्रपङ्तिमा रहेकाले सत्य र तथ्यको मात्र विश्वास गरी सकारात्मक सोचले अगाडि बढ्न सके एकीकृत समाजवादीको भविष्य रहेको बताउनु भयो । एकीकृत समाजवादी पर्वतका जिल्ला सदस्य चन्द्रबहादुर लामिछानेले आफू एकीकृत समाजवादीको निडर योद्धा रहेकाले जुनसुकै अवस्थामा पनि सामजवादीको साथ नछोड्ने र सबै समुदायलाई यस पार्टीमा गोलबद्द हुन आह्वान गर्नु भयो ।


शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा एकीकृत गण्डकी प्रदेश सदस्य देउप्रसाद छन्त्याल, बेनी नगरपालिका-८ का वाड अध्यक्ष रामकृष्ण बराइली, बेनी नगरपालिका-८ का वाड अध्यक्ष कृष्णसिंह बानियाँ, माओवादी केन्द्र रघुगङ्गा गाउँपालिकाका अध्यक्ष हरि भण्डारी, उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, पत्रकार महासङ्घ म्याग्दीका कोषाध्यक्ष अमित विश्वकर्मा लगायतले दसैं, तिहार, छठबाट सबैलाई असत्यमाथि सत्यको जीत र कुमार्गबाट सत्मार्गतर्फ अगाडि बढ्ने प्रेरणा र उर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो ।
नेकपा एकीकृत समाजवादीले जिल्लामा सार्वजनिक रुपमा पहिलोपटक कार्यक्रम संचालन गरेको हो । एकीकृत समाजवादी म्याग्दीका अध्यक्ष कृष्णकुमार विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यालय सचिव रुद्र किसानले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *