१२ असार २०७९, आइतवार

कविता: “पर्खाइ !”

आभा निरु

पर्खाइ उस्तै छ,
सन्ध्याले दिन,
अनि साँझले बिहान पर्खे झैं !

शिशिरले बसन्तको प्रतिक्षामा बिताए झैं,
पर्खिरहका छन् बृक्ष
मनको पालुवा पलाउँने आशमा !
बित्दैछन् सपनाहरु,
जूनको पर्खाइमा !

पला, घडी, दिन, रात, महिना, बर्ष र दशक,
फिरेनन् उसका पाइलाहरु,
वस, मुटु बिझाइ रहेछ यादले,
भिजाइ रहेछ परेली झुठ्ठा आश्वासनले,
शिशिरमा झरेका पात झैं गरी,
बसन्तमा पलाएन उसको माया !!

सिन्धुपाल्चोक

Leave a Reply

Your email address will not be published.