१५ चैत २०७९, बुधवार

कविता “पैसाको महिमा !”

कुमार खड्का


पैसानै मूख्य साधन जीवनको, पैसाले सबै चलाउँछ
पूजिजिवी समाज हो यो, पैसाले उठाउँछ, ढलाउँछ ।
विनिमयको सरल माध्यम हो यो भूमिका विशेष, ब्यापक
प्राप्तिमा जीवन भरोसाले भरिदा, बेगरमा जीवन गलाउँछ ।।

पैसाको लागि होड र दौड तिव्र छन् प्रतिस्पर्धामा
पैसाले सबै बनाउँछ नजिकको, स्वर्गै पनि नरकमा ।
अरुका पनि आफ्ना बनाउँछ , आफन्त पराई गराउंछ
प्राप्ति हुन्छ नसोचेको यहाँ, बिना पैसा पूर्णता हराउँछ ।।

धर्म, संष्कार, रीतिथितिहरु एसैले सबै कुदाउँछ
बाङ्गालाई सोझो बाटोमा सिधालाई बाङ्गो बनाउँछ ।
बिग्रेको मति सुधार्छ एसले सुध्रिएका बिकृत होलान्
उथलपुथल हुन्छ वातावरण व्यबहार उल्टो गराउँंछ ।।

ब्रम्ह्माले गरे सृष्टि कुबेरको, बिष्णु स्वर्णको मुकुटमा
पैसामा महादेवको त्रीनेत्र खुल्दा लोभको घैला भृकुटमा ।
अन्नदान, जमिनदान, स्वर्ण, मूद्रा दान मूख्य मान्दछ्न्
दानैको प्रपन्चमा परेर अति, बलि रसातल गमनमा ।।

घुमाउरो हुन्छ कमाउने बाटो, खर्चले भ्वाङ पार्दछन्
भित्र्याउन हुन्छ गरुङ्गो अतिनै खर्चदा पखेटै हाल्दछन् ।
लामो हात गर्ने हुन्छन् कति समस्या टार्नैको खातिर
अपराधिक बाटो समात्छ्न् कहिले कतिले ज्यानै फाल्दछ्न् ।।

भोग,विलासमै रमेका छन् कति परिश्रम बिनाको कमाइमा
कठिन मेहनत गरेर पनि धेरै छन् दुखको भोगाईमा ।
परिश्रम सहितको बुद्दी, विवेक प्रयोग जानेको खण्डमा
सत्यको कमाईमा अर्थ हुन्छ धेरै प्रयोग विधि बिधानमा ।।

ज्ञानिले पैसा जीवनको धरोहर साधनको रुपमा चलाउँछ
मूर्ख र बेकुफले साध्यनै सम्झदा जीवननै त्यस्मा जलाउँछ ।
सन्तुलनमा रहे बिधि व्यबहार जीवन सहजतामा ढल्दछ
स्वाभाविक शैली, शान्ति र सरस स्वर्गीय पलमा रमाउँछ ।।

सिंचाइ, जलस्रोत तथा खानेपानी कार्यालय, बागलुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *