अम्बिका भण्डारी
पसिनाले रोपेको धान पाके पछि बाढी आयो
हर्ष खुशी गएको छ चारैतिर आँसु छायो ।
प्रकृतिलाई के पिर परो हाँस्ने बेला रोइराछ
भर पर्नै गाह्राे भाछ उल्टो सन्देश दिइराछ।।
उर्जाशील हातहरु यतिबेला दुखेका छन्
मन भित्रका चाहाना इच्छा सबै टुटेका छन्।
घर छैन बास छैन बगर भए बस्ती सारा
प्रकृतिले बनाईदियो काम गर्नेलाई सर्वहारा।।
अमिला छन् मनहरु भित्र भित्र पोलेको छ
पीडा सहन गाह्राे भाछ मन त्यसै जलेको छ।
कहिले आउँछ हुरी बतास नचाहिदो चर्को घाम
प्रकृतिले दिएको छैन् आजभोलि गरि खान।।
समय नै दुस्मन बन्यो कसको आशा गर्नु र खै
बाच्नु परो कष्टै बरा काम गर्दा नी गरिबी भई ।
रोप्दा गोड्दाँ थाकेका ती पाखुरीले के भन्दा हुन
भोकै थोकै अनिदा ती आँखाहरुले के भन्दा हुन् ।।
देख्दा पनि गाह्राे भाछ यथार्थमा के भो होला
प्रकृति नि घरी घरी दुखि माथि नै गर्छ खेला।
भोका पेट घाइते मुट हेरिदेउँ न कोही
धरती भन्दा पुन्य खोज्न जानू छैन कोही।।
अन्नपूर्ण-२, ढिकुरपोखरी कास्की
2078/7/7 बिहान 8 /10 देखि 8/30 सम्म लेखिएको कविता