१६ चैत २०७९, बिहिवार

कविता “प्रदेशी दुःख”

सपना न्यौपाने

सुख दुःख जे भए गर्नु छ यहाँ
मालिकको इसारामा सर्नु छ जहाँ ।

हामी खै कसरी आयौँ परदेशमा
सबैको जीवन छनि पैसा छ जहाँ ।

कति सपना बोकी आयौं परदेशमा
पीडाहरु देखाउन मिल्दैन जहाँ ।

सोचे भन्दा बढी फरक छ परदेशमा
कोही हुँदैन आफ्नो विश्वास गर्ने जहाँ ।

जानी नजानी निर्णय गर्नुपर्छ यहाँ
सानोसानो गल्तीमा सजाय पाइन्छ यहाँ ।



मुलपानी, काठमाण्डौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *