सपना न्यौपाने
हर समय साकार हुने कुनै सपना छैन
सावधान अपनाउनु पर्ने एक जना छैन ।
हर पल काम गर्नु पर्छ यहाँ खानको लागि
जिन्दगीलाई चलाउन सकिदैन सधै मागी ।
हरकोही कसोसा लाएक हुदै हुदैनन् यहाँ
केवल आफैंमा सिमित राख्नु पर्छ कहाँ ।
सफल बन्न सयौ असफलतासंग लड्नैपर्छ
प्यारो आमाको माया छोडेर अघि खट्नैपर्छ ।
जीवन एक प्याली यजी बन्दै छ हरपल
प्यास मोलाउन मेहनत गर्नुपर्छ अब्बल ।
असफलता नाश गर्दै गाउँ विकास गर्नु
सफलताको अवस्थ आउन सक्छ सर्नु ।