१५ चैत २०७९, बुधवार

काठको मुढाले अठ्याउँदा ३० महिने बालकको ज्यान गयो !

फलेवास नगरपालिका-५, खानीगाउँ पर्वतमा काठको मुढाले अठ्याउँदा ३० महिने एक बालकको मृत्यु भएको छ ।

चितवनको माडी नगरपालिका वडा नं. २ घर भै स्थानीय प्रतिमा सुनारको घरमा डेरा गरी बस्ने डिलकुमार मगरको ३० महिने छोरा सुसान मगरको आइतवार साँझ मृत्यु भएको हो । घर बनाउने काठहरुहरु थुप्रोमुनि खेलिरहेका बालकलाई एक्कासी काठहरु पल्टिएर अठ्याउँदा गम्भीर घाईते भएको र उपचारका लागि जिल्ला अस्पताल पर्वतमा ल्याउँदैगर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

बाबुआमा नभएका बेला काठहरु पल्टिएर उनलाई अठ्याएपछि टाउकोमा चोट लागेर गम्भीर घाईते भएको प्रहरीको भनाई छ । मृतक बालकको शब पोष्टमार्टका लागि जिल्ला अस्पतलामा राखिएको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *