तिम्रो मुस्कानको धार लाग्यो।
धेरैपछि मलाई उपचार लाग्यो।
मार्छु भनेको थियो मार्यो आज,
दुश्मन खुब इमानदार लाग्यो।
कुनै सिन्का झै थियो ऊ पनि,
कसरी कसरी किनार लाग्यो।
तिमीलाई संसार ठानेको थिएँ,
छुटाउन पनि त संसार लाग्यो।
पासो किन लाग्यो मेरो गलामा,
के उसको गलामा हार लाग्यो?
गोरखा