योगेश नेपाल “अनन्त“
आँखामा भयो या मुटुमा तर प्यार भयो,
जुधारु रहेछ्न् ती नयन मेरो त हार भयो!
अचम्म बनायो दङ्ग बनायो त्यो मुस्कानले,
अलौकिक मनभित्र प्रेमको साभार भयो!
गुलावी अधर यौवनले भरिपुर्ण त्यो शरीर ,
यो शान्त साधु मनलाई के के विचार भयो!
भुरुङ्ग थियो मन चङ्गा झैँ भर्दै थियो उडान,
किन हो आज मलाई, खै केको हतार भयो!
डुबुल्की लाउन बाँकीनै थियो प्रेमको नदीमा,
अहो!अन्तमा निन्द्रा खुलेर सपना बेकार भयो!!
बुद्धशान्ति-१, झापा