भावना खनाल
काेपिला हाे मगमगाउदै बास्ना छर्नुपर्छ अब ,
धर्ती रंगाइ आकाश छुने प्रयास गर्नुपर्छ अब !!
बादलहरु पन्छाएर जून खाेज्ने बाहानामा ,
भिर पाखा पहरा ती जंघार तर्नुपर्छ अब !!
विरताकाे कथा जाेड्दै सिङ्गाे मुलुक बचाएर,
खाेक्राे राष्ट्र तिम्राे सिर्जनाले भर्नु पर्छ अब !!
वैरीकाे याे वेदनाले जन्मभूमि दुख्दाखेरी ,
सच्चा सुपुत्रकाे मनमा चाेट पर्नु पर्छ अब !!
आत्मविश्वास ज्ञान सीप सम्भावनाहरु बाेकी,
आफ्नै जन्म भूमितिर बसाई सर्नु पर्छ अब !!
पाल्पा