सुरज उपाध्याय
तिमी उता के गर्दै छौ म त यता एक्लै
आकाश यौटै भए पनि भयो संसार बेग्लै ।
डर लाग्छ सधैं खबर सोधी राख्न पनि
सम्झनाले सताउदा बस्छु तारा गनि
घाम एक्लै जून एक्लै म पनि छु एक्लै
आकाश यौटै भए पनि भयो संसार बेग्लै ।
खुसी नै छौ रे तिमी सबै कुरा जाति
भेट्दा पनि याद आउँछ तिम्रा संगी साथी
छैन दुखी म पनि त भए पनि एक्लै
आकाश यौटै भए पनि भयो संसार बेग्लै ।
पोखरा