१६ चैत २०७९, बिहिवार

“छोडी जानेलाई” र “मास्टरको झोला” को लोकार्पण !


एक साथ दुई साहित्यिक कृतिहरु “छोडी जानेलाई” र “मास्टरको झोला” को लोकार्पण गरिएको छ । रमेन्द्र कोइरालाको “छोडी जानेलाई” गजल संग्रह र लिलानाथ सिलवालको कविता संग्रह “मास्टरको झोला”को लोकार्पण गरिएको हो ।

लोकार्पण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि इनरुवा न पा मेयर राजन मेहताले असल साहित्यले असल समाजको निर्माण गर्न प्रमुख भूमिका खेल्ने भएकाले समाजका लागि असल साहित्य आवस्यक पर्ने बताउनु भयो । “हर ब्यक्ति आफैंमा साहित्यिक हुन्छ तर कसले कति भूमिका खेल्ने भन्ने मात्र हो” प्रमुख अतिथि मेहताको भनाई थियो ।
साहित्यको माध्यमबाट आफूलाई समाजमा स्थापित गराई सक्नु भएका कवि लिला सिलवाल र रमेन्द्र कोइरालाले आफ्नो सास रहिन्जेल साहित्य लेखनमा लाग्ने प्रतिवद्दता ब्यक्त गर्नु भयो । डम्बरुवल्लव भण्डारीले लेखकद्वयको व्यक्तित्व चर्चा गर्नु भयो भने कृतित्व चर्चा छविनाथ रिजाल र भरत गुरागाई बर्बरिकले गर्नु भएको थियो । सप्तरङ्गी साहित्य समाज नेपालको दोस्रो वार्षिक उत्सवको अवसरमा सप्तरङ्गी साहित्य समाज नेपाल प्रदेश नं १ को आयोजनामा गरिएको यस कार्यक्रममा छविनाथ रिजाल, जीवनाथ पोख्रेल पंक्षी, डमरुवल्लव भण्डारी र सागर तिम्सिनालाई सम्मान गरिएको थियो भने भरत गुरागाई बर्बरिकको निर्देशनमा बिमला पोख्रेलको कविताको भिडियो छायांकन समेत गरिएको थियो । इनरुवा, इटहरी, बिराटनगर, झोराहाट, बेलबारी, सुन्दर हरैंचा, काठमाडौं, धरानबाट समेत कविहरू उपस्थित भएर प्रत्यक्ष कविता वाचन गरेका थिए । कविहरू तिला लेकाली, ममता मृदुल, टीका मिलन, रोहिणी रसिक, रामप्रसाद खरेल, कालिदास कोइराला, पि पि कोइराला, युबराज दाहाल, जीवनाथ नेपाल, आलोक खनाल, भरत बर्बरिक, किशोर कोइराला, माधव सुवेदी, जमुना गौतम(उपमेयर ), प्रमोद मण्डल, खखेरा, बिनोद विवश, प्रमोद ढकाल, द्वारिका प्रसाद पोख्रेल, टीका सिवाकोटी, जयकृष्ण यादव (पत्रकार ), रबिन्द्र यादव (पत्रकार ), राधा सुवेदी, यशोदा अधिकारी, रमानन्द मण्डल, तृष्णा कार्की, लक्ष्मी चौधरी, लक्ष्मी श्रेष्ठ, प्रकाश अनुराग/ज्ञानेन्द्र दाहाल, विनोद दाह, केशव विमुन्स, सुजन कठेत ( पत्रकार ) लगायतको उपस्थिति रहेको थियो ।
सप्तरङ्गी साहित्य समाज नेपालका केन्द्रीय अध्यक्ष केशवराज भट्ट सागरको अध्यक्षता र सागर तिम्सिनाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *