कविता “जूनः म तिमीलाई प्रेम गर्छु”
अल्पज्ञानी
तिमी कतै आकाशमा जन्मियाै
म कतै धरतीमा जन्मिएँ
तिमी जुनेली भएर अायाै
मन्द मन्द मुस्कुरायाै,
म आँखा भएर पछ्याएँ
तिम्रै कल्पनामा रमाएँ
तिम्रो अनुहारमा घाम ठाेकिएपछि
मायाको पछ्याैरीले बेरेकी हाै मलाई
र हिँड्न सिकाएकी हाै प्रेम यात्रामा
थाहा छ
हाम्रो गन्तव्य फरक छ
हाम्रो यात्रा बेग्लै छ
तिमी एकाएक हृदयकाे बाटो भएर अायाै
मेरो हात समायाै
अनन्त यात्राको साक्षी नभएपनि
एकअर्कामा एकाकार हुन नसकेपनि
प्रेमकाे बाटो भएर पर पर निस्कन भन्याै
थाहा छ
हामी पर छाैं, एक अर्कोमा धेरै पर
तिमी क्षितिजमा छाै, म धर्तीमा छु
उमेरमा कुनै हिसाब छैन
ए मेरो प्रिय जून
म तिमीलाई प्रेम गर्छु ।
तिमीलाई प्रेम गर्न मलाई बहाना कुनै चाहिएन
कुनै सर्त चाहिएन
निशब्द, म तिमीलाई प्रेम गरिरहेछु वर्षाैंदेखि
सधै सधै अंगालाेमा बेरेकाे छु तिमीलाई
अाफ्नै काखमा राखेर सुमसुम्याएकाे छु
तिम्राे ओठमा देखिएकाे हाँसाे पिएको छु
खुसी पिएको छु,
पिउन त तिम्रो आँसु पनि पिउने रहर छ उसरी नै
तिमीलाई आफ्नै हृदयमा टाँसेर
प्रेम गर्नुपनि बेग्लै अानन्द रहेछ कल्पनामा
थाहा छ, हामी भेटिंदैनाै कहिल्यै
तिमी आकाश, म धर्ती
तिमी जून, म मान्छे
बस् म तिमीलाई प्रेम गर्छु
ए मेराे प्रिय जून
प्रेम त निरुद्धेश्य पनि गरिंदाे रहेछ है
के तिमीले कहिल्यै मेरो प्रेमको अनुभूति गरेकी छ्याै ?
अल्पज्ञानी