ढिकुरपोखरी समाज पोखराको १४ औं वार्षिक साधारणसभा भएको छ ।
शुक्रबार सभाको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज कुँवरले सबैले जन्मगाउँलाई माया गर्नुपर्नेमा जोड दिए । उनले आगामी जनगणनामा आफ्नै गाउँमा गई नाम दर्ता गर्न आग्रह पनि गरे ।
गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले समाजका गतिविधि प्रशंसनीय रहेको र त्यस्ता क्रियाकलापलाई निरन्तरता दिनुपने सुझाव दिए । सांसद पहारीले आफ्नोतर्फबाट समाजका लागि पूर्ण साथ सहयोग रहने प्रतिबद्घता पनि जनाए ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव समेत रहेका समाजका आजीवन सदस्य विनोदबहादुर कुँवरले समाजले गाउँबाट पोखरा आई बसेका दाजुभाइलाई एकाकार गरेको बताए ।
कार्यक्रममा समाजअन्तर्गतको अक्षयकोषका प्रमुख संरक्षक कुलबहादुर गुरुङ ‘कुलु’, पूर्व अध्यक्ष आशबहादुर गुरुङ, शिक्षा निर्देशनालय गण्डकीका उपनिर्देशक घनश्याम पौडेल, माछापुच्छ्रे क्याम्पस प्रमुख रामचन्द्र सुवेदी, सल्लाहकार गायत्री पराजुली, गायिका अम्विका भण्डारी, आजीवन सदस्य गौतम पौडेल लगायतले बोलेका थिए ।
त्यस अवसरमा सचिव लक्ष्मी अधिकारीद्वारा प्रस्तुत वार्षिक प्रगति तथा सांगठनिक प्रतिवेदन साथै कोषाध्यक्ष लोकनाथ भण्डारीले प्रस्तुत गरेको गत आवको आर्थिक प्रतिवेदन छलफल सहित अनुमोदन गरियो । त्यस्तै, विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने १० जना सम्मानित भए ।
समाजका अध्यक्ष बाबुराम भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष सोमनाथ पौडेलले स्वागत र सचिव लक्ष्मी अधिकारीले सञ्चालन गरेकी थिइन् ।