१५ चैत २०७९, बुधवार

धनञ्जय गोत्रिय भण्डारी समाज नेपालको शुभकामना आदानप्रदान सप्पन्न !

धनञ्जय गोत्रिय भण्डारी समाज नेपाल
केन्द्रीय समितिको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट धनञ्जय गोत्रिय भण्डारी समाजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा धनञ्जय गोत्रिय भण्डारी समाज नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारीले देशैभरी छरिएर रहेका धनञ्जय गोत्रिय भण्डारीहरुको भाइचाराको सम्बन्ध, सद्भाव र प्रेम बढाउँदै आफ्नो इतिहास र पुर्खाको सम्मानका लागि पनि सबैको विचार र सद्भाव दु:खसुखमा दाजुभाइहरु एकजुट हुनुपर्छ भन्ने कुरा महत्वपूर्ण हुने बताउनु भयो । समितिका सल्लाहकार हरिप्रसाद भण्डारीले शुभकामना मन्तव्य राख्दै विगतका दिनहरुमा जति गाह्राे भए पनि अबका दिनहरुमा बन्धुहरुको सहयोगमा धेरै महत्वपूर्ण कामहरु गर्न सकिने र सम्पन्न भैसकेका केही पुराना गतिविधिहरुको बारेमा जानकारी दिनुभयो । त्यसैगरी लक्षुमण भण्डारी, उपाध्यक्ष शिवहरि भण्डारी, शेसुराम भण्डारी, महासचिव सूर्य भण्डारी, सचिव वसन्त भण्डारी, सावित्रा भण्डारी र सदस्यहरु अम्बिका भण्डारी, भोजकुमार भण्डारी, दुर्गा भण्डारी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । विभिन्न जिल्लाबाट सहभागी भएका भण्डारीहरुवीच शुभकामना आदानप्रदान ब्यक्त गर्दै भौतिक रुपमा उपस्थित भएर संचालन गरिने बैठकको स्थान, मिति, स्मारिका, उपसमिति गठन, संस्था नविकरण, विधान संशाेधन लगायतका विषयहरुमा छलफल भएको समिति सदस्य अम्विका भण्डारीले जानकारी दिनुभयो ।


समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीको अध्यक्षता, उपाध्यक्ष सेसुराम भण्डारीको स्वागत र महासचिव सूर्य भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *