२५ जेठ २०८०, बिहिवार

नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटि अध्यक्षमा दिपक कार्की निर्वाचित !

नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटि अध्यक्षमा दिपक कार्की निर्वाचित भएका छन् ।

मंगलबार रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न प्रथम पालिका अधिवेशनबाट कार्की सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । ५८ सदस्यीय पालिका कमिटिको उपाध्यक्षमा गम पुन, सचिवमा झलक शर्मा, उपसचिवमा याम कुमारी गर्वुजा र दिपा पुन चयन भएका छन् ।

निर्वाचित पदाधिकारीहरुलाई अध्यक्ष मण्डलका संयोजक नेकपा एमाले म्याग्दीका उपाध्यक्ष देबेन्द्र कटुवाल, सचिव बालकृष्ण सुवेदी, जिल्ला सदस्य एवं अध्यक्ष मण्डलका सदस्यहरु तर्क बहादुर केसी, खिम शाही र ओम कुमार शेरपुन्जाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।

एमाले र माओवादी दुई पार्टीको एकता भएर बनेको नेकपाको पनि कार्की रघुगङ्गा गाउँपालिकाको अध्यक्ष नै थिए । बिद्यार्थी राजनितिबाट उदाएका उनी म्याग्दी बहुमुखी क्याम्पसका पूर्व स्वबियू सभापति समेत हुन् । प्रष्ट बोल्ने र आफ्नो बिचार सरल तरिकाले राख्न सिपालु उनी साहित्य र लेखनमा समेत रुचि राख्छन् । “बिखर्ची” नामले साहित्यमा कलम चलाउने उनको एक गजल सङ्ग्रह समेत प्रकाशित छ जुन म्याग्दी जिल्लाको प्रथम गजल सङ्ग्रहका रुपमा समेत चिनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *