१५ चैत २०७९, बुधवार

नेपाली कांग्रेसले कम्युनिस्टलाई कहिल्यै दुश्मन देख्दैन: घर्ती !


सुरेश छन्त्याल/पाण्डबखानी
गलकाेट नगरपालिका १० पाण्डबखानीमा विजया दशमी तथा शुभकामना दिपावली नेपाल सम्बत् एवम् छठ पर्वकाे पावन अवसरमा आयाेजित शुभकामना आदानप्रदान तथा चिया पान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काँग्रेस वडा कार्य समिति गलकाेट नगरपालिका १० पाण्डबखानीकाे आयाेजनामा भएको कार्यक्रममा बाेल्दै क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव तथा गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्ती मगरले नेपाली काँग्रेसले कम्युनिस्टलाई कहिल्यै दुश्मन हुन सक्दैनन् भन्दै दुश्मन त त्याे हाे जाे २००७ साल भन्दा अगाडि शासन व्यवस्था हाे भने २०६२/०६३ सम्मका जनआन्दोलनहरूबाट प्राप्ति उपलब्धिलाई संस्थागत गर्दै नेपाली काँग्रेस जनता प्रतिकाे शत्रु गरिबी, अशिक्षा, राेग र शाेक लाई अन्त्य गर्दै समाज रुपान्तरण गरि समाजवाद सम्म पुग्ने लक्ष्य हाे, नेपाली काँग्रेस हिंसामा हैना विचारमा विश्वास गर्छ त्यसैले वैचारिक सैद्धान्तिक लडाइँका लागि काँग्रेसमा साधारण तथा क्रियासिल सदस्यता लिन जरुरी छ भन्ने बताउनु भयाे।
त्यस्तै कार्यक्रममा जिल्ला सदस्य रामप्रसाद वि.क महाअधिवेशन प्रतिनिधि राधिका पुन, क्षेत्रीय प्रतिनिधि गिरिप्रसाद घर्ती, शिक्षक संघ जिल्ला सदस्य नवीन भावुक, शिक्षक संघ गलकाेटका उपाध्यक्ष प्रकाश पुन, बरिस्ठ समाजसेवी मानसिंह छन्त्याल, नेपाल प्रेस युनियन जिल्ला सदस्य तथा क्षेत्रीय प्रतिनिधि सुरेश छन्त्यालले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै साेहि कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समितिका सदस्य तथा जिल्ला सचिवकाे उम्मेदवार बसन्त कुमार श्रेष्ठले १४ ओेेैं महाअधिवेसन सफल पारौं लेखेकाे टाेपि वितरण गरिएकाे थियाे ।

कार्यक्रम नेपाली काँग्रेस वडा कार्य समितिका सभापति भक्त काउचाकाे सभापतित्याे उपाध्यक्ष दिप घर्तिकाे स्वागत संगै सुरु भएको कार्यक्रमकाे संचालन सचिव कमल श्रीसले गर्नु भएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *