१६ चैत २०७९, बिहिवार

पर्वत भुजुङ्गका शिवहरिको कोरियामा मृत्यु !



रोजगारीको सिलसिलामा दक्षिण कोरियामा विगत ८ बर्षदेखि रहेका पर्वत भुजुङ्गका शिवहरि पौडेलको औद्योगिक दुर्घटनामा परि ज्यान गएको छ ।

कोरियाको थेजन शहर स्थित एक फर्निचर कम्पनिमा कार्यरत उनी काम गर्ने क्रममा दशैको दिनमा अर्थात अक्टोबर १५ तारेखको दिनमा भर्याङ्गबाट लडेका उनलाई टाउकोमा गम्भीर चोट लागेर शख्त घाइते भएका थिए ।

उनलाई अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो तर होस खुल्न भने सकेन । अस्पतालले उनलाई अक्टोबर २४ तारेखमा मृत घोषणा गरेका थियो ।

दुर्घटनामा परेर मृत्यु भएको तथा उनको शव नेपाल लैजानको लागि समेत प्रक्रिया अगाडि बढिसकेको कोरियास्थित नेपाली राजदुतावासकि श्रम सहचारी रमा भट्टराईले जानकारी दिनुभएको थियो ।

पहिलो कार्यकाल पूरा गरेर कमिटेड कामदारको रुपमा उनी कोरिया २०१८ मा आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *