८ चैत २०७९, बुधवार

पाण्डबखानीमा ट्रास्मिटर चार्ज संगै टाेलमा लाइन प्रसारण !


सुरेश छन्त्याल
गलकाेट नगरपालिका १० पाण्डबखानीमा केन्द्रीय लाइन प्रसारण आरम्भ भएको ५/६ महिनापछि आज पाण्डबखानीकाे उपल्लो फुर्सेमा ट्रास्मिटर चार्जसंगै टाेलमा लाइन प्रसारण भएको छ ।

फुर्सेमा ट्रास्मिटर चार्जसंगै टाेलमा लाइन प्रसारण भएपछि स्थानीयहरु हर्षित भएको नेपाली काङ्ग्रेसका वडा सभापति भक्त काउचाले जनकारी दिनुभयो । तिहार अघि केही टाेलहरुमा लाइन प्रसारण गर्ने तयारी रहेकाे नाे लाइट गलकाेट शाखाका प्राविधिक ज्ञानबहादुर थापाले जानकारी दिनुभयाे । वडामा बिद्धुतिय क्षेत्रको सहजताको लागि अध्यक्ष तिलक घर्ती विद्धुत प्राधिकरणका प्रमुख संग भेट गरि सहजीकरण गर्ने गरि तयारी रहकाे र पाण्डबखानीले दिपावलीभित्र नै केन्द्रीय बिद्युत प्रयोग गर्नका लागि प्राधिकरण प्रमुखसङ्ग आग्रह गर्ने साथै केन्द्रीय प्रसारणले यहाको जनजीवनमा सहज हुने वडा अध्यक्ष घर्तीले जानकारी दिनु भयाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *