२३ जेठ २०८०, मंगलबार

पाण्डबखानीमा ३१ लाख ८७ हजार ९१ रुपैयाँ वितरण !


सुरेश छन्त्याल/ गलकाेट
गलकोट नगरपालिका वडा नं १० पाण्डवखानीमा प्रभु बैङ्क गलकोटद्वारा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । सामाजिक सुरक्षा भत्ता गलकोट नगरपालिका वार्ड नं १० पाण्डवखानीकाे वडा कार्यक्रममा वितरण गरिएको छ ।

उक्त सामाजिक सुरक्षा भत्ता वितरणमा कार्यक्रममा वडा सदस्य रामप्रसाद वि.क, वडा सदस्य राधिका पुन, वडा सचिव ठाकुर तिमिल्सिना, पत्रकार सुरेश छन्त्याल, प्रभु बैंक गल्कोटका अपरेशन ईन्चार्ज शिशिर बम मल्ल, विपिन थापा, दुर्गा बहादुर थापा, सुरक्षा कार्ड खिमबहादुर मल्ल लगायतको सहभागिता रहेको थियो। ज्येष्ठ नागरिक, दलित , एकल महिला , पूर्ण अशक्त , पूर्ण अपांग ,दलित बालबालिका गरि जम्मा ३३६ जनालाई ३१ लाख ८७ हजार ०९१ रुपैया वितरण भएको बैंकका अपरेशन ईन्चार्ज शिशिर बम मल्लले जानकारी दिनुभएकाे छ।

त्यस्तै फरक क्षमता भएका व्यक्तिहरु पनि सपाङ्ग सरह बाच्न हिड्डुल गर्न पाउने उनीहरुकाे अधिकार हाे । त्यसैले उनीहरु लाइ संरक्षण गर्नका लागि पत्रकार सुरेश छन्त्याल र सप्तरङ्गी बचत तथा श्रृण सहकारी संस्थाका प्रबन्धक दिप घर्तिकाे संयुक्त पहलमा फरक क्षमता भएका व्यक्तिहरु मध्ये पाण्बखानी माविमा अध्यान गर्ने शंकर पुन र तार्जन घर्तिलाइ सप्तरङ्गी बचत तथा श्रृण सहकारी संस्थाबाट बचत खाता निशुल्क प्रदान गरिने भएको छ। त्यस्तै उनीहरुले पाएकाे अपांङ्ग भत्ताबाट केही रकम बचत गरि आफ्नाे जीवन चलाउन सक्छन् भन्ने उदेश्यले छन्त्याल र घर्तिकाे संयुक्त सहकार्यमा उनीहरुकाे नाममा बैंक खाता खाेल्ने पत्रकार सुरेश छन्त्यालले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *