प्रेस सेन्टर पर्वतको जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले निर्मल पौडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिती निर्वाचित गरेको छ। जिल्ला भेलाले पौडेललाई निर्विरोध निर्वाचित गरेको हो।
जसको उपाध्यक्षमा दीपसागर पौडेल, महिला उपाध्यक्षमा सविता शर्मा, सचिव साजन परियार,कोषाध्यक्ष रामजी आचार्य,सदस्यहरुमा किशोर मनस्वी, बसन्त तिमिल्सिना, ज्ञान प्रसाद भुसाल र जनक तिवारी चयन भएका छन् भने २ जना पछि थप गर्ने निणयसहित नयाँ कार्यसमिति चयन गरिएको हो।
यसैगरी प्रेस सेन्टर पर्वतका निवर्तमान अध्यक्ष प्रनिश गिरि र मुरारी शर्मा संगमलाई प्रदेश प्रतिनिधि र निवर्तमान अध्यक्ष राजबाबु पिसीलाई केन्द्रीय प्रतिनिधिमा छनोट गरिएको छ।देशब्यापी रूपमा संगठन सुदृढीकरणमा जुटेको प्रेस सेन्टर नेपालले नयाँ कार्यसमिति चयन गरेको हो।
शनिबार कुश्मामा सम्पन्न भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पर्वत जिल्ला इञ्चार्ज गुप्त बहादुर हमालले जनअन्दोलनबाट प्राप्त उपलब्धिको संस्थागतसँगै गणतन्त्रको रक्षा गर्न प्रेस जगतको महत्वपूर्ण भूमिका रहने बताए।
यस्तै हमालले जिल्लाको पत्रकारितामा प्रेस सेन्टरको भूमिका अतुलनीय रहेको भन्दै व्यवसायिक र निर्र्भीक पत्रकारितामा लाग्न आग्रह गरे। यस्तै संविधान सभा सदस्य गुणाखर वस्यालले समाज परिवर्तनको संवाहक पत्रकार हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा फ्याक्सन इञ्चार्ज शंकर गिरि, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य विभू भुसाल, प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशका संयोजक अर्जुन काफ्ले,प्रेस सेन्टर गण्डकीका सहइञ्चार्ज तथा न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य माधव पनेरु,नेपाल पत्रकार महासङ्ग गण्डकी प्रदेशका सदस्य सुनिल पाण्डे लगायतले संगठनको बारेमा बोलेका थिए।
यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारी,नेपाल पत्रकार महासङ्घ पर्वतका अध्यक्ष सन्तोष थापा ,क्रान्तिकारी पत्रकार संगठनका सचिव वैकुण्ठ गिरि,प्रेस चौतारी नेपाल पर्वतका अध्यक्ष गणेश गिरी,प्रेस युनियन पर्वतका उपाध्यक्ष रोशन तिवारी लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए।
अध्यक्षमा निर्वाचित भएपछि पौडेलले आफूलाई अध्यक्षमा निर्विरोध निर्वाचित गराउने सबैलाई हार्दिक धन्यवाद व्यक्त गरे। पौडेलले प्रेस सेन्टर पर्वतको गरिमालाई उच्च बनाउन आफू निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे। प्रेस सेन्टर पर्वतका अध्यक्ष राजबाबु पिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य निवर्तमान अध्यक्ष प्रनिश गिरी र कार्यक्रमको सञ्चालन निर्वाचित अध्यक्ष निर्मल पौडेलले गरेका थिए।