पर्वतको फलेवास नगरपालिका ६ देबीस्थानमा नेकपा (एकीकृत समाजवादी)ले वडा कमिटी गठन गरेको छ।
पार्टीले आयोजना गरेको भेलाले बिजय भुसालको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरेको छ। भेला एकीकृत समाजवादी पर्वतका अध्यक्ष मोतिप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको थियो।
भेलालाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले नव गठित एकीकृत समाजवादी गरिब, सर्वहारा र दलितहरुको पक्षमा क्रियाशील हुने बताए। ‘हामी गरिब, सर्वहाराको मुद्दा छाडेर धनतन्त्र , डनतन्त्र र गनतन्त्रमा पार्टीलाई लैजाने छैनौँ,’ पौडेलले भने।
समितिको उपाध्यक्ष शिवकुमार श्रेष्ठ, सचिव सुरज श्रेष्ठ, उपसचिव रामप्रसाद भुसाल चयन भएका छन्।