१५ चैत २०७९, बुधवार

बाल गीत “बाबा बजार जानुभयो !”

अम्बिका भण्डारी

दशै आयो भनेर बाबा बजार जानुभयो ।
बाबा मात्रै काहाँ होर अंकललाई नि लानुभयो ।।

आमा, दिदी, आन्टीले घर पोत्न थाल्नु भो।
रातो माटो कमेरो झिलिमिली पार्नु भो।।

ओल्लो घर नि पोतेको पल्लो घर नि पोतेको

बाटो घाटो सलल। गाउँ नै भयो झलल।।

बजारबाट बाबा नि कति चाडै आउनु भो।
राम्रा राम्रा कपडा लस्टो पनि ल्याउनु भो।।

भोलि बिहानै उठेर गाउँमा पीङ राख्ने हो।
साथी संगी मिलेर पालैपालो खेल्ने हो।।

चच हुइ चच हुई सररररर
प्रदेशी नि आईसके।
गाउँ नै भयो झलल।

फूलपातीको बजार मान्छे मात्रै धेरै छन्।
जे जे चाहियो उही पाईने सामान पनि उस्तै छन्।।

घरमाथिका देउरालीलाई धजा फूल अक्षता।
आमा बाबाको आशीर्वाद निधारैमा अक्षता।।

मान्यजनको आशीर्वाद।
बाटो घाटो सलल। गाउँनै भयो झलल।।


अन्नपूर्ण-२, ढिकुरपोखरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *