मुक्तककार पार्वती भट्टको पहिलो मुक्तकसंग्रह ‘अनिदा सपनाहरु’ विमोचन गरिएको छ । शनिबार एक कार्यक्रमकाबिच काठमाडौंमा मुक्तकसंग्रह ‘अनिदा सपनाहरु’ को विमोचन गरिएको हो ।
डडेल्धुरा भागेश्वर गाउँपालिका ३ घर भएकी पार्वती भट्टले बजारमा पहिलो मुक्तकसङ्ग्रह ल्याएपनी उनी उत्कृष्ट मुक्तककार रुपमा परिचित छन् ।
मुक्तककार भट्टले पहिलो कृति समालोचकीय दृष्टिकोणबाट आफू उत्साहित रहेको चाँडै नै अर्को मुक्तकसंग्रह पनि बजारमा आउने बताएकी छन् ।
बिमोचन कार्यक्रमका प्रमुख अतिथि साहित्यकार ज्ञानुवाकर पौडेल, अतिथिहरु मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, साहित्यकार विवश पोखरेल, समालोचक ज्ञानु अधिकारी र राजन सिलवाल, मुक्तकसागरकी सम्पादक तथा विमोचन कार्यक्रम संयोजक निशा केसी लगायतले संयुक्त रुपमा सो कृतिको विमोचन गरेका हुन् ।
कार्यक्रम मुक्तकसागरकी सम्पादक निशा केसीको सभापतित्वमा भएको थियो । कार्यक्रममा, रामकाजी कोने, विवश पोखरेल, भट्टका श्रीमान डा. मोहनराज भट्ट लगायतले पनि छोटो मन्तव्य राखेका थिए ।