मोहन आचार्य जलद
नतोडी देऊ आफूलाई तन परेको जीवन छ
नमोडी देऊ यात्रालाई मन मरेको जीवन छ
नजोडी देउन प्रेमील दिल छुटेछ जिन्दगानी
नजर भित्र तिम्रो नै योवन भरेको जीवन छ
चयन राख्दै इन्द्रेणीको कुरा राखेर पिरतिले
मिलन हाम्रो जिन्दगी धन झरेको जीवन छ
फूलको रंग संझाएर आज उनको याद गरेँ
चाँदनीरात प्रेमील हुदै जन सरेको जीवन छ
हाल: बेलायत