८ चैत २०७९, बुधवार

लघुकथा- “पुनर बिबाह”

मोहन आचार्य “जलद”
सृजना ग्रामिण रहन सहनमा हुर्केकी युवती थिइन् । उनलाई मोजमस्ती सहरिया जीवनकाे भूत सल्केको थियो । आफ्नो लोग्नेसंगको अनबन पछि छुट्टै बस्न थालिन । आफन्तले धेरै सम्झाए । आखिरी छुट्टिने दिनसम्म अशोकले सम्झाएका थिए । विबाह गरेको बर्ष दिननपुग्दै सम्बन्ध विच्छेद भएको थियो । अनि समय बिताउने र आम्दामी हुने गरी ब्युटीपार्लर खोलिन् । काम गर्दा गर्दै लामो समयदेखि एक व्यापारीको छोरा अनिशसंग प्रेम सम्बन्धब जोडिएको कुरा थाहा पाउदा पाउदै पनि सृजनाका आमा बाबाले एक आफूले चिनेजानेका कुटुम्बसंग गरि दिएका थिए । तर छोरीको नारीहठले आफन्तलाई घोची रहन्थ्यो ।
अशोक वैदेशिक रोजगारीमा युरोप छिर्यो । बिबाह पनि गरेन । आमा बाबालाई सम्झाएर ऊ परदेशिएको पनि वर्षौं भएको थियो ।
समयले कोल्टे फेर्दै गरेको थियो । नारायणीमा धेरै पानी सक्यो ।एकदिन अचानक सामाजिक सञ्जालमा भाइरल बनेको भीडियो हेर्छ । आफूले टेकेको जमीन भासिएको अनुभव गर्छ ।
अनिशले दिएको यातनाले सहन नसकी विष सेवन गरिन् तर बेलैमा छिमेकीको सहयोग भएकोले सृजना बाँच्न सकिन् ।
समाजले उनलाई धेरै पटक दसी रह्यो ।
अशोकलाई पुरानो संझनाले सताई रह्यो ।
अशोकले सृजनाको सामाजिक सञ्जाल फेसबुकमा नज़र लगायो । एक कहाली लाग्दो अतीत थियो । आफूले गरेको विगतका कुरा समेटिएका थिए ।
बिबाह गरेकासमयका पलहरु र अनिश सँगको रोमान्समा बिताएका दुष्कर्महरु अनि विष सेवन गरेर बाँचेको जीवनकाे चित्रण थियों ।
अशोकको मनलाई छोयो । एकदिन म्यासेन्जरमा अशोक र सृजनाको कुराकानी भयो । एकले अर्कालाई गरेकाे घृणा सम्पूर्ण मेटियो । दुबैको लागि मिलनको बाटो खुल्दै गयो ।
एकदिन अचानक बिदेशबाट कुनै जानकारी नै नदिइ आफ्नो अगाडि अशोकलाई पाउँदा सपनामा पनि सोचेकी थिइनन । के हाम्रो भेट होला ? के मलाई स्वीकार्न सक्लान् ? आफ्ना सारा कम्जोरी हुँदाहुँदै पनि मलाई स्वीकार्नु नै मेरो पुनर जीवनको अध्याय थियो ।

दुवैको भेट बाग्लुङ्ग भगवती मन्दिरमा
परिसरमा भयो । दुवैले कालिका माईको पूजा गरी पुनर विबाह गरी आफ्नो गाउँ तीर लागे भन्ने सुनियो । बाग्लुङ्गको सेरोफेरमा रमाउँदै जीवन यात्रा सुमधुर रुपमा अशोकलाई पाउँदा विगतले सताई रहन्थ्यो । नारीहठ मरी सकेको थियो ।
अनिश सडक दुर्घटनामा परेर अस्पितालमा उपचार गर्दै थियो । सृजना लाई दिएका यातनाले उसको मनलाई डसिरहन्थ्यो । सायद नियतिको चक्र कसैले जान्दैनन्

इन्द्रेणी शर्मा जलद ( साहित्यिक नाम)
मोहन आचार्य (सार्वजनिक नाम)
नवलपुर नेपाल
हाल बेलायत लन्डन

Leave a Reply

Your email address will not be published. Required fields are marked *