३ चैत २०७९, शुक्रवार

वरिष्ठ लोकगायिका हरिदेवी कोइरालालाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने !

वरिष्ठ लोकगायिका प्राज्ञ हरिदेवी कोइरालालाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ ।

पुष्पाञ्जली स्टुडियो प्रालिद्धारा आयोजित नेशनल गण्डकी म्युजिक अवार्ड-२०७८ अन्तर्गत गायिका कोइरालालाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गर्न लागिएको हो । अवार्ड शुक्रबार प्रदान गरिनेछ ।

कोइराला नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा लोकसंगीत विभाग प्रमुख पनि हुन् । कोइरालालाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अवार्ड प्रदान गर्ने कार्यक्रम रहेको बताइन्छ ।

पुष्पाञ्जली स्टुडियो प्रालिका प्रबन्ध निर्देशक कृष्णप्रसाद गौतमका अनुसार कार्यक्रममा ३१ विधामा अवार्ड वितरण गरिनेछ । जसका लागि उत्कृष्ट पाँच मनोनयन यस अघिनै सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा ज्येष्ठ कलाकार र रगं पत्रकारलाई सम्मान पनि गरिने गौतमले बताए । उत्कृष्ट पाँचमा पर्न सफल प्रतिभालाई ५० प्रतिशत जुरीको निर्णय र ५० प्रतिशत दर्शक श्रोताले गरेको भोटको आधारमा अवार्ड विजेता घोषणा गरिने उनले बताए । अवार्डको जुरी निर्णायकमा सुमन श्रापित, बमबहादुर कार्की र रेशम रचक छन् ।

जुरी निर्णायक संयोजक सुमन श्रापितले वास्तविक प्रतिभालाई अवार्ड प्राप्त गर्ने बताए । ‘कोरोनाले थलिएको विषम परिस्थितिमा पनि अवार्ड कार्यक्रम गर्ने आँट गर्नु सुन्दर पक्ष हो, यसले कलाकारलाई उर्जा थप्नेछ’ श्रापितले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *