चर्चित वामपन्थी नेतृ रामकुमारी झाँक्रीले देउवा नेतृत्वको सरकारमा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएकी छिन् । प्रधानमन्त्री देउवाले आफ्नो क्याविनेट बिस्तार गर्दै आज झाक्रीलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
विंस २०३४ सालमा गुल्मीको मयाल पोखरी गाविस १ रत्नबहादुर र रनकुमारीकी छोरीको रुपमा रामकुमारी झाँकीको जन्मिएको झाक्री २०६५ सालमा तत्कालीन नेकपा (एमाले)को विद्यार्थी सङ्गठन अनेरास्ववियुको पोखरा महाधिवेसनबाट उनी अध्यक्ष चुनिएकी थिइन ।कक्षा ७ मा पढ्दादेखि नै अखिलको विद्यार्थी राजनीतिसँग नजिकिएकी उनी केही समयपछि नै विद्यालयमा अखिल प्रारम्भिक कमिटी सदस्य भइन्। २०४७ सालमा शुरु गरेको अखिलको राजनीति २०६५ सालमा राष्ट्रिय अध्यक्ष भएर उनले पुरा गरिन्।र रेकर्ड ब्रेक गरिन अखिलको पहिलो महिला अध्यक्षको रुपमा ।
२०६१ सालमा राजाले सैनिक कुमार्फत सत्ता हातमा लिँदा उनी सडकमा निस्किइन् । त्यो समय राजतन्त्रको विरुद्धमा बोल्न मुस्किल थियो र चूनौतीपूर्ण । राजतन्त्र विरोधी मोर्चा सुरुमा युवा र विद्यार्थीले नै सम्हाले। त्यो मोर्चाको अग्रस्थानमा थिइन् झाक्री। पुलीसको निर्मम लठ्ठी झाक्रीको टाउकोमा बज्रियो । टाउको फुट्यो। रगतको धारो बगाइन्,झाक्रीले राजतन्त्र फाल्नकै निम्ति । र गणतन्त्र प्राप्ति पछि उनी प्रतिनिधिसभामा रामकुमारी झाँक्री नेपाल कम्युनिष्ट पार्टी नेकपाको समानुपातिक तर्फबाट सांसद् थिइन्।
७७ साल पुस ५ र ७८ साल जेठ सातमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेसँगै सो कदमको खरो आलोचक बनिन झाक्री । गोर्खामा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रयोग गरेको शव्दका कारण ओली सरकारलाई उनलाई पक्राउ गरेको थियो तर चौतर्फी विरोध पछि प्रहरीले उनका पति पशुपति पुरीको रोहबरमा रिहा गरेको थियो ।
यी चर्चित नेतृका पति पुरी नेपाल सरकारका जागिरे हुन् । पशुपति र रामकुमारीबीचको ५ बर्षे लामो प्रेम सम्बन्धलाई विवाहमा रुपान्तरण गरेका थिए । उनले २०६६ माघ २९ मा धनकुटा जिल्लाका पशुपतिबाबु पुरीसँग विवाह गरेकी हुन्। पुरी अहिले भौतिक पूर्वाधार मन्त्रालयको उपसचिवको रुपमा कार्यरत छन् ।