१३ मंसिर २०७९, मंगलबार

सहकारी विभागको रजिष्टारमा अधिकारी !

सहकारी विभागको रजिष्टारमा झलकराम अधिकारी सरुवा भएका छन् । यस अगाडि सुदुरपश्चिम प्रदेशको अर्थमन्त्रालयको अर्थ सचिव भएर काम गरेका अधिकारी सहकारी विभागमा सरुवा भएका हुन् ।

अधिकारीले आगामी सोमबार पदवहाली गर्ने कार्यक्रम छ । कुशल प्रशासकको छवि बनाएका अधिकारीले सहसचिव भएपछि सार्वजनिक वित्त व्यवस्थापन तथा तालिम केन्द्र ललितपुर प्रमुख, ठूला करदाता कार्यालयको कर प्रशासक, आन्तरिक राजश्व विभागको उपमहानिर्देशक र आन्तरिक राजश्व कार्यालय काठमाडौंको प्रमुख भएर काम गरिसकेका छन् ।
नेपालका सहकारीहरुलाई व्यवस्थित गर्ने अभियानमा आफू लाग्ने रजिष्टार अधिकारीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *