१७ चैत २०७९, शुक्रवार

सहनशील महिला विकास बहुउद्देश्यीय सहकारीको तेस्रो बार्षिक साधरण सभा सम्पन्न !

दिपसागर पौडेल
कुश्मा नगरपालिका ७ स्थित सहनशील महिला बिकास बहुउद्देश्यीय सहकारी शंस्थाले शुक्रबार संस्थाकै प्राङ्गणमा तेस्रो बार्षिक साधरण सभा सम्पन्न गरेको छ ।
कलावती पुरीको अध्यक्षतामा भएको उक्त साधरण सभामा ब्यानर पढेर प्रमुख अतिथि कुश्मानगरपालीका ७ का वडा अध्यक्ष सुवास चन्द्र पौडेलले जुन सन्तानलाई आफ्नो आमाको माया हुन्छ त्यस्तै सन्तानको माया र अभिभारा र थप जिम्मेवारीका कारण सहकारी यहाँ सम्म आउन सफल भएको बताउदै आफुले गर्न सकिने सम्पुर्ण सहयोग संस्थामा गर्नलाई आफु तयार रहेको स्पष्ट पार्नुभयो ।
त्यस्तै कार्यक्रममा कुश्मा नगरपालिकाका सहकारी शाखा प्रमुख ,सोही कार्यक्रमका अतिथी ऋषिराम पौडेलले सहकार्यमा गरिने काम नै सहकारी भएकाले हाम्रा आबस्यकताका कार्यहरू व्यावसायिकताका हिसाबले आर्थिक बिकासमा जोड दिनु पर्ने औल्याउँदै सबैले सहकारीको अबधारण बुझेर अगाडि बड्नु पर्नेमा जोड दिनुभयो ।
त्यस्तै शंस्थाकी अध्यक्ष कलावती पुरीले कोभिड को महामारीका कारण कार्यक्रम समयमै तय गर्न नसकेतापनि एक दिन अगाडि बसेको मिटिङ बाटै यति ठुलो बृहत रूपमा कार्यक्रम सफल भएको बताउदै आगामी दिन र बर्षहरुमा सबैको सल्लाह अनुरुप संस्थालाई फाइदामा लैजानका निम्ति कार्यक्रमहरु अगाडि लैजाने धारणा व्यक्त गर्नुभयो
कार्यक्रममा , संस्थाकी कार्य समिति सदस्य संगिता शर्मा अधिकारी , जनप्रतिनिधि परशुराम पुरी , र निलराज पुरी लगायतले बोल्नुभएको थियोे
कार्यक्रमको स्वागत उपाध्यक्ष बिजय कुमारी बराल र सञ्चालन सचीव राधा पौडेलले गर्नुभएको थियोे भने कार्यक्रममा सञ्चारकर्मी र पत्रकारहरुको पनि विशेष उपस्तिथि रहेको थियोे

Leave a Reply

Your email address will not be published. Required fields are marked *