१५ चैत २०७९, बुधवार

साहित्यकार लक्ष्मी श्रेष्ठको तेस्रो कृति “न्युयोर्क कोरोना डायरी”को विमोचन !

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क च्याप्टरले सोही च्याप्टरकी पूर्व सचिव तथा साहित्यकार लक्ष्मी श्रेष्ठको तेस्रो कृति “न्युयोर्क कोरोना डायरी”को सेप्टेम्बर २४ मा भर्चुअलको माध्यमवाट विमोचन गरेको छ ।

च्याप्टरकी अध्यक्ष शकुन ज्ञवालीको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि अनेसास बोर्ड अफ ट्रष्टीका अध्यक्ष एवं साहित्यकार गीता खत्री रहनु भएको थियो ।

त्यसैगरी बिशेष अतिथिहरू वरिष्ठ समालोचक डा. दामोदर पुडासैंनी “किसोर” ,साहित्यकार बिमल भौकाजी, अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा साहित्यकार गोवर्धन पूजा, अनेसास उत्तर अमेरिका क्षेत्रका उपाध्यक्ष तथा न्युयोर्क च्याप्टरका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठ, अनेसास बोर्ड अफ ट्र्ष्टीका सल्लाहकार राम खत्री साथै नियमित रूपमा सहभागी हुनुहुने अतिथि साहित्कारहरू, च्याप्टरका पूर्व अध्यक्षहरू, च्याप्टरका सल्लाहकारहरू र टुटुव्को डट कमका प्रधान सम्पादक ज्योति कुमार श्रेष्ठको पनि उपस्थिति रहेको जानुका वस्ती ढकालले बताउनुभयो ।

च्याप्टरका महासचिव राजन महर्जनले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष शान्ता अधिकारी घिमिरिले स्वागत मन्तव्य दिंदै सम्पूर्ण अतिथिहरूको स्वागत गर्नुको साथै स्रष्टा लक्ष्मी श्रेष्ठलाई वधाई तथा शुभकामना दिनुभएको थियो ।वरिष्ठ साहित्यकार डाक्टर पुडासैंनीले सबै स्रष्टाहरू जो साहित्य सेवामा जुटेका छन्, साहित्य सिर्जनामा लागेका छन् सबैले राम्रो काम गरेका छन् भनेर सबैको प्रशंसा गर्नुको साथै श्रष्टा लक्ष्मी श्रेष्ठको नयाँ कृति “न्युयोर्क कोरोना डायरी” बारे प्रकाश पार्नुभएको थियो ।

स्रष्टा लक्ष्मी श्रेष्ठको पहिलो कृति “ढुकढुकीमा सुन्दरीजल” र दोश्रो कृति “तिम्रो सम्झनामा“ उत्कृष्ट खालका कृतिहरू थिए फेरी संसारभर कोरोनाले मान्छेहरू त्रसित बनेको बेला कृतिका लेखकले आफ्नो कलमको माध्यमवाट गाह्रो परिस्थितिमा पनि तेस्रो कृति “न्युयोर्क कोरोना डायरी” जन्माउन सफल हुनुभएकोले यो कृतिको भविष्यमा ठूलो महत्व रहनेछ भनेर शुभकामनाका क्रममा डा. पुडासैनीले व्यक्त गर्नुभएको थियो।

बधाई तथा शुभकामना व्यक्त गर्ने क्रममा बोर्ड अफ ट्रष्टीकी अध्यक्ष गीता खत्री, अनेसास केन्द्रिय बरिष्ठ उपाध्यक्ष गोवर्धन पूजा, उत्तर अमेरिका क्षेत्रिय उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, न्युयोर्क च्याप्टरका पूर्व अध्यक्ष तथा अनेसास केन्द्रिय कोषाध्यक्ष विकाश विष्ट, च्याप्टरका पूर्व अध्यक्ष ज्योति पौड्याल, साहित्यकार किशन सिंह धामी,छन्द कवि तथा समालोचक रश्मी भट्ट, समय र सिर्जनाका परिकल्पनाकार तथा क्वान्टम साहित्यका प्रवर्तक साहित्यकार डा. मधु माधुर्य श्रेष्ठ, मुक्तक अमेरिका शाखाका अध्यक्ष तथा गजलकार आनन्द श्रेष्ठ, अनेसास केन्द्रीय सल्लाहकार राम खत्री , कवि तथा साहित्यकार नदिया लिवाङ् र च्याप्टरकी कोषाध्यक्ष कवि जानुका वस्ती ढकाल रहेका थिए।

कृतिका सम्पादक बिमल भौकाजीको सम्पादनमा यो कृति पुरानो प्रकाशक गृह रत्नपुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो । साहित्यकार बिमल भौकाजीले “न्युयोर्क कोरोना डायरी पढ्दै जाँदा त्यहाँ कोरोनाको मात्र कुराहरू नभइ आँफैलाई पनि पाउनु हुनेछ” भन्नुभएको थियो।

कार्यक्रमको अन्त्यमा स्रष्टा लक्ष्मी श्रेष्ठले आफ्नो यो नयाँ कृति लाई सहयोग गर्नेहरूलाई धन्यवाद दिंदै फेरी पनि न्युयोर्क च्याप्टरद्वारा नै विमोचन गराउँन पाउँदा अत्यन्त खुशी लाग्नुको साथै च्याप्टकी अध्यक्ष लगायत सबै पदाधिकारीहरूलाई धन्यवाद दिनुभएको थियो भने कार्यक्रमका सभापतिले पनि स्रष्टा लक्ष्मीको “न्युयोर्क कोरोना डायरी” लोकार्पण गर्न पाउंदा खुशी लागेको कुरा ब्यक्त गर्दै स्रष्टालाई बधाई र कृति सफलताको धेरै धेरै शुभकामना दिंदै कार्यक्रम बिसर्जन भएको घोषणा गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *