(एक)
जान त गयो दुश्मन हो फर्किन सक्छ ।
पुरा नभएका कामहरु सम्झिन सक्छ ।
खुशी मनाउदैन म बाँचे भनेर अहिलै
मध्यराति तरवार बोकेर उभिन सक्छ ।
यदि निसानाबाट फुत्किए भनेँ उसको
घरमा बा आमासँग बद्ला लिन सक्छ ।
अत्याचार सहेर बस्छु जति गरेपनि उस्ले
एकदिन अत्याचार पनि त तोडिन सक्छ ।
सोच्नै पर्दैन मैले गलत सधै उस्को बारेमा
आफैँ आफ्नो मृत्युको लागि आत्तिन सक्छ ।
(दुई)
जिउँदो मै मृत्युको खबर आई रह्यो ।
खबर सुनेर भित्र मनमुटू खाई रह्यो ।
उत्सव मनाउनु ठिकै हो मृत्यु हुदाँ
म बाँचे कै मेरेको उत्सव मनाई रह्यो ।
फूलदिए काँडा बनेर पनि हरेक पल
बद्लामा वचनले चोट लगाई रह्यो ।
दुख म जन्मिनुमा लागेको हुदै होइन
लाग्यो दुख जब जिवन गलाई रह्यो ।
यस्तो दुनियाँ हो मित्रले मित्र भन्दैन
तिमी भन्छौ यहा पराईले सताई रह्यो ।
सुर्खेत, बिरेन्द्रनगर