३ चैत २०७९, शुक्रवार

१४ वर्षकी बालिकालाई बिक्री गर्न लगेको आरोपमा पर्वतका युवक पक्राउ ! 


बालिकालाई फकाईफुलाई भारततर्फ बिक्री गर्न लगेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पर्वतको मोदी गाउँपालिका वडा नं. ५ बाजुङका २४ बर्षिय सुर्यबहादुर भण्डारी पक्राउ परेका हुन् ।
प्रेमको नाटक गरी १४ बर्षिया बालिकालाई मोवाईल किनिदिएको तथा बिभिन्न प्रलोभनमा पारी गाडीमा चढाएर अभिभावकबाट छुट्टाई असोज ६ गते नेपाल भारत बोर्डर रानीजोगबनी पुर्‍याएको आरोप उनीमाथि लागेको छ ।
यद्यपी, भण्डारीले आफूहरु प्रेममा रहेको र यहाँ बालिकाको उमेर सानो भएकाले बिहे गर्दा कानुनी फन्दामा परिने भएकाले भारत गएर बस्ने सोचले गएको बयान दिएका छन् ।
जोगबनी स्थित मानव सहायता संस्थाले सानी बालिकालाई युवकले लगेको देखेपछि पक्राउ गरी अभिभावकको जिम्मा लगाएका थिए । दुवै जना पुनः पर्वत फर्केपछि क्रुद्ध अवस्थामा रहेका परिवारले मानव बेचबिखन मुद्धा चलाएको हो ।
बालिकाका परिवारको उजुरीको आधारमा बुधवार जिल्ला प्रहरी कार्यालयवाट खटिएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको टोलीले भण्डारीलाई पक्राउ गरेको छ । उनलाई कुश्माबजारको शिवालय चोकवाट नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक अधिकारीले जानकारी दिए ।
भण्डारीलाई मानब बेचबिखन तथा ओसारपोसार मुद्धा शिर्षकमा पर्वत जिल्ला अदालतमा मुद्धा दर्ता गरी पहिलो पटक १० दिनको म्याद थप गरी अनुसन्धान भईरहेको समेत प्रहरीले जनाएको छ ।
यद्यपी, यस्ता घटनामा युवकलाई मानव बेचबिखन, अपहरण, जबर्जस्ती करणी जस्ता मुद्धामा युवतीका परिवारले मुद्धा चलाई रिस फेर्ने गरेको उदाहरण देखिन्छ । आफूहरुको सहमति विना छोरीचेली भगाएपछि युवक पक्षलाई यसरी नै कानुनी दायरामा ल्याउने गरेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *