१६ चैत २०७९, बिहिवार

अनेरास्ववियु महाशिलाको अध्यक्षमा कोइराला !


एकीकृत समाजवादीले आफ्ना भातृ संगठनहरु गठन गर्ने कार्यलाई तिव्रता दिएको छ । यसै क्रममा अनेरास्ववियु पर्वतले महाशिला गाउँपालिका स्तरीय कमिटी गठन गरेको छ । कमिटीको अध्यक्षमा सागर कोईराला रहेका छन् । कमिटीको सचिवमा निसान परियार सहित ३१ सदस्य कमिटी गठन गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अनेरास्ववियू स्थायी कमिटी सदस्य सन्तोष न्यौपानेले अनेरास्ववियु शैक्षिक विकृतिका बिरुद्द निरन्तर लडिरहने बताउनुभयो । कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि केन्द्रिय सचिवालय सदस्य बिकास रेग्मी, जिल्ला सदस्य सुदिप पौडेल, आयुश खड्का लगायतले बोलेका थिए । केपी ओलीले दुईदुई पटक संसद विघटन गरेको, दुई तिहाई बहुमतको सरकार छिन्नभिन्न गराएको र पार्टीलाई पेवाको सम्पत्तिको रुपमा प्रयोग गरेका कारण पूर्व पार्टी अध्यक्षहरु माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरुले एकीकृत समाजवादी गठन गरेर अगाडि बढेका छन् ।

अनेरास्ववियू पर्वत जिल्ला कमिटी अध्यक्ष सन्तोष सुनमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला कमिटी सदस्य सन्तोष पौडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *